जुम्लामा साफ च्याम्पियनसिप तथा एसियन कपको १७ र २० वर्ष उमेर समूहका खेलाडीहरु छनोट

दक्षिण एशियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार मिति २०८१ साउन ३२ गते देखि भदौ १२ गते सम्म काठमाडौंमा संचालन हुने साफ यू -२० च्याम्पियनसिप २०२४ तथा एएफसी यू -२० एसियन कप छनोट कार्यक्रम जुम्लामा सम्पन्न भएको छ।

त्यस्तै मिति २०८१ आश्विन २ गते देखि १२ गते सम्म भुटानमा संचालन हुने साफ यू -१७ च्याम्पियनसिप २०२४ तथा एएफसी यू -१७ एसियन कप छनोट कार्यक्रम समेत जुम्लामा सम्पन्न भएको जुम्ला जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र विक्रम हमालले बताए।

उनका अनुसार मंगलबार नेपाली राष्ट्रिय यू-२०/यू-१७ फुटबल टिमहरुको सहभागिता हुने खेलमा जुम्ला जिल्ला भित्र रहेका क्लब, उच्च माध्यामिक विद्यालयहरु तथा जिल्लाका खेलाडीहरुलाई जुम्ला जिल्ला फुटबल संघमा बोलाइ छनोट गरिएको थियो।

‘जुम्ला जिल्ला फुटबल संघबाट प्रथम चरणको छनौट कार्यक्रम यू-२०/यू-१७ को लागि मिति २०८१ असार ११ गते बिहान ८:०० बजे चन्दननाथ रंगशाला/ नेपाली सेनाको खेलमैदान छनोट भएको थियोे,’

महासचिव हमालले भने, ‘२० वर्ष मुनिको (यू-२०) खेलाडीको लागि मिति २०८१ असार १८ गते देखि २५ गते सम्म र १७ वर्ष मुनिको (यू-१७) खेलाडीको लागि मिति २०८१ श्रावन २५ गते देखि ३२ गते सम्म छनोटको मिति भए पनि मंगलबार छनोट सम्पन्न भइसकेको छ।’

प्रकाशित मितिः   २०८१ असार १२ at 1:24 pm 

  • कमेन्ट (Comment)