‘राेटरी जर्नाे अर्वाड-२०२५’ बाट जुम्लाका पत्रकार सागर परियार पुरस्कृत

जुम्ला । कर्णाली मिसनका प्रकाश तथा प्रधान सम्पादक सक्रिय पत्रकार सागर परियार प्रतिष्ठित ‘राेटरी जुर्नाे अर्वाड-२०२४-०२५ बाट पुरस्कृत भएका छन् ।

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले हरेक वर्ष प्रदान गर्दै आएकाे विभिन्न विद्याका अर्वाड मध्य यसवर्षकाे खानेपानी र सरसफाई तर्फकाे प्रतिष्ठित राेटरी जुर्नाे अर्वाड-२०२५ पत्रकार परियारले प्राप्त गरेका हुन् ।

शनिवार एक समाराेहका बीच राेटरी ईन्टरनेश्नलका डिस्ट्रीक गर्भनर राजेन्द्रमान शेर्चनले पत्रकार परियारलाई अर्वाड हस्तान्तरण गरे ।

राेटरी ईन्टरनेश्नल संस्थाले दिगाे शान्ति,खानेपानी तथा सरसफाई,शिक्षा तथा स्वास्थ्य लगायत सामाजिक रुपान्तरणका क्षेत्रमा काम गर्दै आएकाे छ ।

विभिन्न विद्याका पुरस्कार मध्य खानेपानी र सरसफाई क्षेत्रमा निन्तर कलम चलाएकाे भन्दै परियारलाई राेटरी जुर्नाे अर्वाड प्रदान गरिएकाे हाे ।राेटरीले प्रदान गर्ने रहेक पुरस्कारकाे विशेष महत्व छ ।

अर्वाडका लागि सार्वजानिक सूचना आह्वान गरिएकाे थियाे । जसमध्य देशभरबाट ५५ जना पत्रकारकाे आवदेन परेकाे थियाे । जुरी कमिटिले प्राप्त आवेदन र प्रकाशित स्टाेरी गहन अध्यायन गरेर खानेपानी र सरसफाई तर्फकाे अर्वाडका सागर परियारलाई छनाेट गरेकाे हाे ।

खुल्ला आवेदन मार्फत देशभरमध्य छनाेट भई उत्कृष्ट पत्रकारका रुपमा छनाेट भई पत्रकार परियारलाई राेटरी जर्नाे अर्वाड प्रदान गरिएकाे हाे ।

काराेबार दैनिक,रेडियाे नेपालका संवाददाता तथा कर्णाली मिसनका प्रकाशक प्रधान सम्पादक समेत रहेका परियारलाई शनिवार ललितपुरमा आयाेजित एक समाराेहका बीच पुरस्कार प्रदान गरिएकाे छ ।

पत्रकार परियारलाई नगद रु ५१ हजार सहित सम्मानपत्र प्रदान गरिएकाे छ । राेटरी ईन्टरनेश्नलले दिगाे शान्ति,उपचार तथा राेकथाम आर्थिक विकास,खानेपानी तथा सरसफाई लगायतका सात विधामा अर्वाडका लागि आवेदन मागेकाे थियाे ।

प्राप्त आवेदन उपर मुल्यांकन समितिले विद्यागत रुपमा उत्कृष्ट लेख्ने पत्रकारहरुलाई अर्वाडका लागि सिफारिस गरेकाे हाे । जसमा जुम्लाका पत्रकार सागर परियारले खानेपानी र सरफाईका क्षेत्रमा पत्रकारिता मार्फत उल्लेखीय याेगदान दिएकाेले ५१ हजार नगद रासीकाे राेटरी अर्वाडका लागि छनाेट गरेकाे आयाेजकले जनाएकाे छ ।

प्राकृतिक स्राेत संरक्षण,खानेपानी विकास,सरसफाई,खानेपानीमा लगानी जस्ता कुराामा निरन्तर समचार स्टाेरी लेखेकामा पुरस्कृत भएका हुन ।कर्णालीकाे जल सम्पदाकाे संरक्षण तथा सदुपयाेगमा समेत जाेड दिईएकाे छ ।

अर्वाड ग्रहणपछि पत्रकार परियारले खुसी व्यक्त गरेका छन् । पुरस्कारले पेशा प्रति थप जिम्मेवारी बढेकाे उनकाे भनाई छ । म मेहनत र कर्ममा विश्वास गर्छु । यस्ता प्राेत्साहनले पेसा प्रति थप लगनशील र सर्पित हुने उर्जा दिन्छ । देशभरीबाट उत्कृष्ट पत्रकारकाे।सम्मान पाउँदा अत्यन्तै खुसी छु ।साथ सहयाेग हाैसला प्रदान गर्ने सबैलाई धन्यबाद।’

राेटरी डिस्ट्रिक गर्भनर राजेन्द्रमान शेर्चरलेले नेपालका पत्रकारले सामाजिक विकास तथा रुपान्तरणका लागि तथ्य उजागर गर्ने नेपाली पत्रकारहरुलाई प्राेत्साहन गर्न अर्वाड वितरण गरिएकाे बताए । राेटरी ईन्टरनेश्लन एक सेवा मुलक संस्था हाे । उनले भने,’यसले सामाजिक रुपान्तरणका लागि काम गरिरहेकाे छ ।

विशेषगरी शिक्षा,स्वास्थ्य,खानेपानी,सरसफाई,दिगाे शान्ति लगायतका क्षेत्रमा काम गर्छाै । यी क्षेत्रमा सशक्त तथ्यपरक कमल चलाउने पत्रकारलाई प्राेत्साहन गर्न अर्वाड दिएका हाै ।’

छनाेट समितिका सदस्य तथा नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दिपक आर्चायले पत्रकारकाे मेहनतकाे कदर गर्दै हाैसल प्रदान गर्न दिईएकाे अर्वाडले पत्रकारलाई थप जिम्मेवार बनाएकाे बताए । साथै जुम्लामा बसेर समाजका विभित पक्षमा पत्रकार सागर परियारले निरन्तर कलम चलाएकाे विषयमा समेत प्रशंसा गरे ।

सबै विद्यामा अब्बल स्टाेरी लेखिएपनि खानेपानी र सरसफाई क्षेत्रमा उत्कृष्ट लेखन गरेका देशभरीबाट अर्वाडका लागि पत्रकार परियार छनाेटमा परेकाे समेत उल्लेख गरे ।

पत्रकार परियार सहित विभिन्न विद्यामा देशभरका सात जना पत्रकारले जनही रु ५१ हजार नगद राखीकाे राेटरी जर्नाे अर्वाड प्राप्त गरेका छन् ।

यसअघि उनले नेपाल सरकारले दिने यूवा पत्रकारिता पुरस्कार र मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार समेत पाईसकेका छन् ।

प्रकाशित मितिः   २०८२ जेष्ठ ३ at 8:37 pm 

  • कमेन्ट (Comment)