कर्णालीका महिला :कविता

सुमिता शाही

हो म महिला,

कर्णाली कि महिला ।।

रोग, भोक , अशिक्षा गरिबी र,

अपहेलनाले उत्पीडित महिला ।।

लैङ्गिक  भेदभाव  अन्त्य भएकै छैन ,

समाज रुपान्तरण नारामै सिमित छ,

समाज अझै चेतनशील भएकै छैन ।

जिबन अझै साहारामै सिमित छ ।।

 अझै पनि समाज महिनावारी त अपवित्र हो भन्छ ,

अब सोच बदल्ने बेला आएको छ ।

ज्ञान सिप र क्षमतामा महिला पनि अब्बल छन,

अब समाज परिस्थिति बदल्ने बेला आएको छ ।।

समाजले बनाएको बुर्जुवा परिधिभित्र बस्दै, ।

चुलो चौकोमा सिमित हुनुपर्ने रे ।

युग चन्द्रमामा बस्ति बसाल्ने परिकल्पना गर्छ, तर

कर्णालीका महिला अनेकौं लगाम र बन्धनले बाँधिनु पर्ने रे ।।

समाजले रोक्न खोज्छ, पाइला छेक्न खोज्छ,

तर, अब जाग्नु पर्छ, समाज निर्माणमा लाग्नु पर्छ,

बिचलित बनाउन खोज्छ, अपहेलित बनाउन खोज्छ ।

हो कर्णालीका महिला जाग्नु पर्छ, भबिस्य निर्माणमा लाग्नु पर्छ ।

प्रकाशित मितिः   २०८१ फाल्गुन २४ at 9:52 am 

  • कमेन्ट (Comment)