जुम्लाको हिमा गाउँपालिका वडा नं १ का गौरव कुमार शाहीले आफ्नो ३३ औं जन्मदिन उक्त पालिकामा अवस्थित हिमा आवसिय बिधालयका विधार्थीहरु संग मनाएका छन्। उक्त विधालयमा जुम्ला भरिका अनार्थ विधार्थीहरु पढ्ने गर्दछन्। शाहीले यसपालीको जन्म दिनलाई खास बनाउन उक्त बिधालयमा जन्मदिन मनाई त्यहाँका ६५ जना विधार्थीहरु आठ जना शिक्षक, कर्मचारीहरुलाई पोषाक समेत वितरण गरेका छन्।

उनि जन्मदिन मनाउनका लागि काठमाण्डौ बाट जुम्ला आएका हुन।आफ्नो बाल्यकाल हिमा मै बिताएका शाही हाल सुर्य ज्योति बिमा कम्पनिमा प्रमुख एजेन्सी प्रबन्धक तथा उत्पादक राजदुतका रुपमा कार्यरत छन्। उनको बसाई धेरै जसो जिल्ला बाहिर हुने भएतापनि गृहजिल्लाका बारे उनी जानकार नै हुने गर्दछन्। कार्य व्यस्तताका कारण जुम्लामा धेरै बस्न नपाए पनि बेलाबखत जुम्ला पुगेर गाउँघरमा भईरहेका गतिबिधि बुझ्न भने उनी तत्पर रहन्छन्।
समाजसेवाको प्रगाढ भाव बोकेका उनले ब्यक्तिगत वा संस्थागत सहयोगमा दुख परेकाहरुको घाउमा मलाम लगाउँदै आएका छन् । त्यस्तै यसपालीको जन्मदिनको अवसरलाई परेर हिमाको बिकट बस्तिमा अवस्थित अनार्थ विधार्थीहरु पढ्ने बिधालयमा सहयोग पाउने आशाको किरण रोपेका छन्। उनको यो पहलले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

जन्मदिन, विवाह, वर्तबन्ध जस्ता रमाईला क्षणमा गरिने फजुल खर्चलाई सदुपयोग गर्दै असाहयहरुका घाउमा मलाम लगाउनु पर्दछ भन्ने सन्देश उनको यो कार्यले दिएको छ।उनले भने: मैलौ यो भन्दा अगाडिका जन्मदिन निकै ख्याती प्राप्त कलाकार राजेश हमालको उपस्थितीमा समेत मनाउने अवसर पाएको थिएँ। तर जुन खुसी र सन्तुष्टि मलाई आज मिल्यो त्यति बेला मिलेको थिएन।
उनिले विधार्थीहरु संग आफ्ना भावना साँट्दै गर्दा भनेको भनाई: म पनी यहि माटोले जन्माएको हिमाको छोरा हुँ । संघर्षका बाटोमा अज पाईला चाल्दैछु । आज मेरो पावन दिन अर्थात मेरो जन्म दिन सर्वप्रथम म मेरो आमाबुवा दुबैलाई धन्यवाद दिन चाहन्छु र आज यहाँ उपस्थित हुनु भएका सबैलाई स्वागत गर्न चाहन्छु । हजुरहरुको उपस्थितीले यो दिनलाई साच्चिकै अर्थपुर्ण बनाउनमा सहयोग पुर्याउँदै हुनुहुन्छ।
जीवनका धेरै जन्मदिनहरु पार गरियो, केक काटेर साथि भाई संग हासिखुशी विताएँ तर आजको दिन अलि भिन्न छ। यो मेरो लागि खास छ किनकि मैले यो दिन तपाईहरु, निर्दोश उज्योलो सपना बोकेका विद्यार्थिहरु संग बाँड्न पाएको छु।
प्रिय नानी वावुहरु तपाईहरु विद्यालयमा रमाउदै पढ्दै खेल्दै भविष्यको सपना बुन्दै अघि बढ्दै हुनुहुन्छ । तर हामिलाई थाहाँ छ। संसारका सबै बालवालिका एउटै परिस्थिती र वातावरणमा हुर्कन पाउदैनन। कोही अभिभावकको साथमा छन त कोही अभिभावकको माया अनि संरक्षण बिना हुर्किन बाध्यछन। खास गरि टुहुरा विद्यार्थिहरुको कथा हृदयविदारक मात्र होईन प्रेणादायी पनी छ।
अभावमा हुर्केर पनी आत्मवल शिक्षाको साहारामा उभिन सक्ने हजुरहरु नै सच्चा नायक हुनुहुन्छ। शिक्षा भनेको केवल किताव पढ्नुमात्र होईन यो त जीवनलाई बुझ्नु, सपनाहरु देख्नु र त्यसलाई पुरा गर्ने साहस राख्नु हो। आज ताईहरु लाई शैक्षिक सामाग्री वितरण गर्दै गर्दा मेरो मन भावुक भएको छ। म कल्पना गर्छु। कसरी एउटा कलमले कसैको भविष्य कोर्न सक्छ कसरी एउटा कितावले कसैको जीवन परिवर्तन गर्न सक्छ ।
हजुरहरुलाई यो उपहार दिएको छु भनेर म अहङ्कार गर्न चाहन्न, बरु यो त मेरो तर्फबाट तपाई हरुलाई एउटा विश्वासको उपहार हो। तपाईहरु पढ्नुहोस लेख्नुहोस र आफुभित्र लुकेका उज्यालो संशार देख्नुहोस मलाई विश्वाश छ, हजुरहरु जुनसुकै परिस्थिती आएपनी आफुलाई सक्षम बनाउन सक्नुहुनेछ ।
म जन्म दिनमा उपहार पाउनुपर्छ भन्ने विश्वास गर्दैन, हुर्किएको थिए तर आज वुझे साँचो सुख त आफुले दिइएको उपहारबाट कसैको अनुहारमा मुस्कान ल्याउन सक्नु रहेछ ।तपाईहरु सबैलाई आफूले पाउनु पर्ने अधिकार प्राप्त होस भन्ने हेतुका साथ आज तपाईहर संग आफ्नो जन्म दिन मनाउँदै छु।
साथै यो सुन्दर कार्यक्रम मेरो जीवनको अमुल्य सम्झना हुने छ। म तपाईहरु सबैको उज्जवल भविष्यको कामना गर्दछु ।हजुरहरु पढनुहोस, अघि बढनुहोस । देश अनि समाजलाई एउटा राम्रो योगदान दिनुहोस यदि यसो गर्नु हुनेछ, गर्नुभयो र सकरात्मक पल रोज्नु भयो भने तपाईहरुबाटको मेरो लागि सच्चा उपहार त्यहि बन्ने छ ।
अन्त्यमा उनले गरेको पू्न्य कामको श्रेया आफ्ना मित्र केशर शाहीलाई दिएका छन्। उनकाअनुसार यसपालीको जन्मदिन गाउँकै आवसिय बिधालयमा मनाउने केशरले सल्लाह दिएका थिए।
: तस्वीरमा गौरवको बायाँ तिर उभिएर निलो क्याप लगाएका व्यक्ति केशार शाही हुन।











विश्व प्रकाश । २०८२ जेष्ठ ८