म देवि दत्त गणको निष्ठावान् सिपाही
आमा देवि दुर्गाको आशीर्वाद पाएर
अटल विश्वास र दृढ साहसका साथ
सेवा नै विजय भनेर
बीर र साहसी भई गर्छु
सेवा नेपाल आमाको
महाकाली झैं शत्रुनाश गरी
गर्छौ रक्षा नेपाल देशको
देशको अखण्डता र स्वतन्त्रताको
निष्ठा पूर्वक सेवा गरी
देवि दत्त गणको उच्च शिर बनाई
राख्ने छौं सधैँ भरी
माटोलाई जराले सामए झैं
राख्छु शान नेपाल आमाको
नेपाली सपूत छोरा भई
रक्षा गर्दै नेपाल देशको
नेपाल देशको माया गर्छु
एक कर्मठ सिपाही भएर
खान्छु सपथ मन र मुटुले !
देवि दत्तको प्रेरणा लिएर
नेपाल र नेपाली हितको खातिर
सदा सर्वदा एकजुट भएर
उठौं देश भक्त वीर नेपाली
नेपाल आमाको छोरा भएर
सुमन रोकाया । २०८१ असार २२