प्रतिनिधिसभा सदस्यहरूको सहभागितामा जनकपुरमा बृहत् सर्वपक्षीय छलफल हुँदै

धनुषा जिल्लाका ३ जना प्रतिनिधि सभा सदस्यको सहभागितामा आज जनकपुरमा बृहत् सर्वपक्षीय छलफल हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईंटेलले दिउँसो २ बजे जिल्लाका प्रतिनिधि सभा सदस्यको सहभागितामा नागरिक समाज, राजनीतिक दल, बुद्धिजीवी, विभिन्न संघ–संस्थाका अगुवाहरूसहितको बृहत् सर्वपक्षीय छलफल आयोजना गर्न लागेको रातोपाटीलाई बताए ।

उनले यो छलफलबाट जिल्लाको अवस्थामा सामान्य बनाउन सहज हुने अपेक्षा राखिएको बताए । सर्वपक्षीय छलफलपछि आजै सबैको सहभागितामा सदभाव र्‍याली निकाल्ने तयारी समेत छ ।

सुनसरी, देवानगञ्जको घटनाको विरोधमा जनकपुरमा बिहीबार भएको आन्दोलन साम्प्रदायिक सदभाव भड्काउनेतर्फ उन्मुख भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

प्रकाशित मितिः   २०८३ साउन १५ at 1:58 pm 

  • कमेन्ट (Comment)