जुम्ला रेडक्रसद्वारा बिपद पुर्वतयारी तथा प्रतिकार्यका लागि आपतकालिन योजना निर्माण

तस्बिर : कनका खबर

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाले बिपद पुर्वतयारी तथा प्रतिकार्यका लागि आपतकालिन योजना निर्माण कार्य सम्पन्न भएको छ। निर्माण भएको आपतकालिन योजनालाई जिल्ला बिपद पुर्वतयारी तथा प्रतिकार्य योजनामा समावेश र सहजीकरण गरिएको हो।

स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहभागितामा नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाद्वारा सञ्चालित शहरी पूर्वतयारी तथा आपत्‌कालिन प्रतिकार्य प्रवर्द्धन परियोजना अन्तर्गत आकस्मिक योजना निर्माण कार्यशाला सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्लाका कार्यवाहक सभापति जगदिश चौलागाईंले बताए।

‘विपद जोखिम न्यूनिकरण पुर्वतयारी र प्रतिकार्यका लागि एकिकृत योजना तर्जुमा गरि दोहारो नपर्ने गरि पुव तयारी तथा प्रतिकार्यका गतिबिधिहरु संचालन गर्ने योजना छ,’ उनले भने, ‘नगद तथा भौचर सहायता सम्बन्धि १ दिनको अभिमुखीकरण कार्यक्रम गरेका छौं।’

उनका अनुसार कार्यक्रम प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेको उपस्थितिमा सम्पन्न भएको थियोे भने कार्यक्रममा देविदत्त गणका गणपति धिरज थापा, सशस्त्र प्रहरी वलका प्रमुख एसपी लाल बहादुर शाही, जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरिक्षक छेदिलाल कामती, सशस्त्र प्रहरी वल निरिक्षक दिपेन्द्र प्रसाद पाण्डे, नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश उप कोषाध्यष नन्दलाल रावत, जिल्ला शाखाका मन्त्री, कोषाध्यक्ष, लगायत जिल्ला शाखाका सदस्यहरु, र ८ उपशाखाबाट उपशाखाका सभापति, उप कोषाध्यक्ष लगायतका सदस्यहरु नेरेसो केन्द्रीय कार्यालयका वरिष्ठ लेखा अधिकृत मायानाथ बराल र सुपर परियोजनाका कर्मचारीहरुको सहभागिता रहेको थियो।

प्रकाशित मितिः   २०८१ भाद्र ७ at 8:59 pm 

  • कमेन्ट (Comment)