बिभिन्न पार्टी परित्याग गर्दै पातारासीका युवाले गरे रास्वपा प्रवेश 

जुम्लाको पातारासी गाउँपालिका ६ र ७ नं वडाका ३४ जना युवाले बिभिन्न पार्टी परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्।

अबको नया बिकल्पको रुपमा रास्वपा नै रहेको उनिहरुको बुझाई छ। बिगत देखिनै लाग्दै आएको पर्टीले देश र युवाका लागी कुनै पनि चिन्ता नगरेको नव प्रवेशी रास्वपाका युवाहरुले जाहेर गरेका छन्।

जुम्लाबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिनिता कठायतको हातबाट टीका र निलो खादा ग्रहण गर्दै युवाहरुले पार्टी प्रवेश गरेका हुन्।

पातारासीमा रास्वपा शुन्यमा रहेको अवस्थामा जुझारु युवाहरुले जोसका साथ पार्टी प्रवेश गर्नु शुभ सन्देश रहेको सांसद कठायतको बुझाई छ। उनले भनिन्: उहिले देखिनै हेपाहा प्रवृत्तिले परिचित पातारासीमा ८४ मा पालिकानै रास्वपाले नेतृत्व गरेर परिवर्तन गर्नु पर्छ।

अन्य पार्टिबाट कुनै पनि परिवर्तन नहुँदा रास्वपाले परिवर्तन गर्न सक्ने विश्वास लिएको नव प्रवेशी युवा बिर्ख बहादुर बुढाले बताए। उनि मजदुर किसान पार्टी परित्याग गरेर रास्वपामा समाहित भएका हुन्।

त्यस्तै नेपाल कम्यूनिष्ट पार्टी मावोवादी केन्द्र परित्याग गरेर रास्वपा प्रवेश गरेका प्रदिप बिष्टले भने: आज सम्म कुनै पनि पार्टीले पातारसाीका युवाको क्षमता बुझेन। उनले थपे; अब रास्वपा भित्र कुनै पनि आपसी द्वन्द्व हुने छैन हामी मिलेर पातारासीको विकासका लागि संघर्ष गर्ने छौं।

पातारासीका युवाहरु एक जुट भई ८४ मा नेतृत्व हात लिए पातारसीको समृद्धिका निमित्त बृहत योजना निर्माण गरिने राष्ट्रिय स्वतन्त्र पार्टीका जुम्ला जिल्ला संयोजक मक्कर भण्डारीले बताए।

रास्वपा प्रवेश हुनेमा मावोवादी केन्द्र बाट १२ जना, नेकपा एमाले बाट ३ जना, नेपाली कांग्रेस बाट १५ जना र नेपाल मजदुर किसान पार्टीक बाट २ जना र दुई जना अन्य गरी जम्मा ३४ जना रहेका छन्।

पार्टी परित्याग गर्नेको विवरण:

प्रकाशित मितिः   २०८२ भाद्र २ at 4:29 pm 

  • कमेन्ट (Comment)