यी ११ सांसदले भोलि संसद्‍मा सोध्ने छन् प्रधानमन्त्रीलाई प्रश्न

बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ । जहाँ प्रधानमन्त्री बालेन शाहलाई ११ जना सांसदले प्रश्न सोध्ने भएका छन् ।
संसद् सचिवालयका अनुसार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंहले प्रश्न सोध्दैछन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरूङले प्रश्न सोध्ने भएका छन् ।

नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेश सिंह ठगुन्नाले प्रश्न सोध्ने गरी नाम टिपाएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन र प्रमेशकुमार हमालले प्रश्न सोध्नेछन् ।

प्रकाशित मितिः   २०८३ भाद्र ९ at 2:06 pm 

  • कमेन्ट (Comment)