जुम्लाको चन्दननाथ नगरपालिकाको बजेट पारित भएको छ। असार १० गते चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेवी खड्काले नगर सभामा प्रस्तुत गरेको बजेट पारित भएको हो।
बुधबार भएको १३ ओैं नगरसभाको बन्दसत्रबाट ६७ करोड १० लाख ३४ हजार एक सय नौ रुपियाँ बराबरको बजेट पारित भएको उपमेयर खड्काले बताइन्।
उनले प्रस्तुत गरेको बजेटको आम्दानीको स्रोत राजस्व बाँडफाडमा संघबाट आठ करोड ३३ लाख, प्रदेश सरकारबाट तेह्र लाख ९५ हजार एक सय नौ रुपैँया, वित्तीय समानिकरणबाट बाह्र करोड बयालिस लाख रहेको छ।
त्यस्तै प्रदेश सरकारबाट एक करोड पचास लाख ९३ हजार, ससर्त अनुदान तर्फ उनान्चालिस करोड छब्बिस लाख ५४ हजार, प्रदेश सरकारबाट दुई करोड छपन्न लाख ४८ हजार र विशेष अनुदान संघ सरकारबाट आएको पचास लाख बजेट विनियोजन गरिएको छ।
नगरपालिकाले मालपोत रजिष्ट्रेशन अन्तर्गत एक करोड प्रक्षेपण गरिएको छ भने आन्तरिक राजस्व तर्फ एक करोड पचास लाख रुपैँया प्रक्षेपण गरिएको छ।
यसैबीच बजेटमा असहमति जनाउँदै चार जना वडा अध्यक्षहरु नगर सभामा अनुपस्थित भएका छन्।
वडा नम्बर २ का वडा अध्यक्ष हेम बुढथापा, ५ का विर्ष बहादुर कार्की, ७ का गणेश महत र ९ का भिम बहादुर रावत अनुपस्थित रहेको नगरपालिकाले बताएको छ।
कनका खबर । २०८१ असार २६