मुगुमा ट्याक्टर दुर्घटना; एक जनाको मृत्यु, आठ जना घाइते

मुगु- मुगु जिल्लाको खत्याड गाउँपालिका–४ पैकुमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन्।

ज १ त ५११२ नम्बरको ट्याक्टर माझचौरबाट बालुवा लिएर जिउका जाँदै गर्दा आइतवार राति ९ बजेतिर वडा न ४ राम्रीकाद भन्ने स्थानमा अनियन्त्रित भइ सडकबाट ७०० मिटर तल खसेको थियो । दुर्घटनामा खत्याड–४ की ५२ वर्षीया सारदा थापाको घटनास्थलमै मृत्यु भएको हो।

घटनामा अन्य आठ जना घाइते भएका छन्। घाइते मध्ये छ जनाको अवस्था मध्यम रहेको र प्रारम्भिक उपचारपछि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी माँझचौर र ईलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको थियो।हाल घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

प्रकाशित मितिः   २०८२ असार ९ at 10:19 pm 

  • कमेन्ट (Comment)