पातरासीमा कल्भट भत्किँदा च्यापिएर एकजनाको मृत्यु, तीन घाइते

पातारासी गाउँपालिका -१ स्थित डलिगाड खोलामा निर्माणधिन पुरानो कल्भट भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ। भने तीन जना घाइते भएका छन्। डलिघाट खोलामा निर्माणधिन पहिले निर्माण भएको कल्भट भत्काउने क्रममा च्यापिएर पातारासी १ कै ५३ वर्षिय रन बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता उमेश भन्दले बताए।

उनका अनुसार तीन जना घाईते भएका छन्। घाइते हुनेमा पातारासी– १ कै ४१ वर्षीय कर्ण ऐडी, १८ वर्षीय शुरेस बुढा र १६ वर्षीय धन ऐडी घाईते भएको प्रवक्ता चन्दले कर्णाली मिसनलाई जानकारी दिए।

निर्माणधिन कल्भट भत्किएपछि कामदार रुपमा रहेका एकको मृत्यु तीन घाइते भएको उनको भनाई छ। घाइते तीनै जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको र अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनाको खबर हुने वित्तिकै पातारासी गाउँपालिका अध्यक्ष पूर्ण सिंह बोहोरा र उपाध्यक्ष जनमाया रोकाया त्यहाँ पुगेका छन्। गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले कल्भट निर्माणदेखि भत्काउने क्रममा लापारबाहि भएका कारण भत्कीएको बताए।
उनले भने, ‘त्यो प्रदेशको योजना हो। पालिकासँग कुनै समन्वय सहकार्य नगर्दा गुणस्तर देखि नियमित अनुगमन निरिक्षणको जिम्मेवारी हाम्रो छैन्। तर समस्या आएपछि स्थानीयले हामीलाई घेर्छन्। संघ प्रदेशका योजना निर्माण गर्दा निकै सजक हुनु पर्ने देखियो।’

मृत्तकलाई क्षतिपुर्ति तथा घाईतेको उपचारमा पालिकाले सहयोगबारे छलफल गरिने उल्लेख गरे।

यता पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख पदम देवकोटाले अगाडी बनाएको संचरना स्टमेटअनुसार नभएपछि भत्काएर पुनः निर्माण गर्न लगाइएको बताए।

कहिले भत्काउने भन्नेबारे अफिसमा आधिकारीक जानकारी नभएको र भत्काउने क्रममा दुखद घटना भएको खबर पाएपछि मात्रै थाहा भएको उनको भनाई छ।

कल्भट निर्माण गुणस्तरहिन गरेपछि निर्माण गरिरहेकै अबस्थामा भत्कीएर एकजनाको ज्यान समेत गएको स्थानीयले बताएका छन्। स्थानीय नैनसिंह एैडीले गुणस्तरहिन कल्भट बनाएकै कारण मान्छेको ज्यान गएको बताए।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘पहिल्यै नै गुणस्तर सामन राख्नुपर्ने, गुणस्तरीय बनाउनुपर्ने? यदी भत्काउदा पनि डोजरको प्रयोग गर्नुपर्ने वा सुरक्षा अपनाउनुपर्ने हो? सत्यतथ्य छानबिन गरेर दोषी माथि कारवाही हुनुपर्छ। भने पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्थापन हुनु पर्छ।’

प्रकाशित मितिः   २०८१ असार २१ at 7:57 pm 

  • कमेन्ट (Comment)