
जुम्लाको पातारासी गाउँपालिका – १ गडिगाउँबाट संचालित चुकेनी जलविद्युत आयोजनाको बत्ती बन्द हुने भएको छ । जुम्लाकै सबैभन्दा ठुलो विद्युत आयोजनाका रुपमा रहेको ९९८ किलोवाट क्षामताको चुकेनी जलविद्युत आयोजनाको नहर सफा गर्नु पर्ने भएकोले विद्युत बन्द हुने जनाइएको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले एक सूचना मार्फत अर्को सुचना नआए सम्मका लागि विद्युत सेवा बन्द हुने जानकारी गरेको छ। उक्त सुचनामा उल्लेख गरे अनुसार जेठ २७ गते (आज) देखी असार ५ गते सम्म वा अर्को सूचना नभएसम्मका लागि विद्युत बन्द भएको हो ।
आयोजनाको नहर मर्मत गर्नुपर्ने हुँदा केही दिनका लागि विद्युत प्रभाह सेवा बन्द हुने चुनेकी खोला साना जलविद्युत आयोजनाका अध्यक्ष गोर बहादुर बुढाले जानकारी दिए ।
नहर मर्मत र सफा गर्नका लागि विद्युत सेवा अवरुद्ध हुने र त्यस उपभोक्तामा पर्ने असर प्रति क्षमाप्राथी रहेको अध्यक्ष बुढाको भनाइ छ ।
चुकेनी जलविद्युत अबरुद्ध भएपनि राष्ट्यि प्रशारण लाईनको बत्ती भने नियमित रुपमा आईरहने नेपाल विद्युत प्राधिकरण जुम्लाले जानकारी दिएको छ ।











कनका खबर । २०८२ जेष्ठ २७