
मुगु । स्कुल लाईफ इन नेपाल (SIN) डेन्मार्ककको आर्थिक सहयोग र सिडियस-पार्क संस्था मुगुको आयोजना द्वारा छाँयानाथ रारा नगरपालिका का ४ मा.वि. बिद्यालयमा हरित दिवस उत्सवमा देउडा जलवायु परिवर्तन सम्बन्धि विभिन्न शैक्षिक तथा खेलकुद कार्यक्रमसहित भव्य रूपमा मनाएको छ ।
वातावरण संरक्षण र दिगो आर्थिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले “हरित उद्यमशीलता ग्रीन डे” विभिन्न कार्यक्रमका साथ मनाइएको छ। उक्त कार्यक्रमले वातावरणमैत्री व्यवसाय, नवप्रवर्तन र युवाहरूलाई हरित उद्यमतर्फ आकर्षित गर्ने सन्देश दिएको छ।
कार्यक्रममा सौर्य ऊर्जा, जैविक कृषि, फोहोर व्यवस्थापन, हरित प्रविधि तथा पुनःप्रयोगमा आधारित उद्यमका उदाहरणहरू प्रस्तुत गरिएका थिए। वक्ताहरूले हरित उद्यमशीलताले रोजगारी सिर्जना गर्नुका साथै जलवायु परिवर्तनको चुनौती सामना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
( CDS-PARK ) सस्थाका कार्यकारी निर्देशक अभियानका अभियानता अगुवा अज बहादुर शाहीले भने, “हरित उद्यमशीलता आजको आवश्यकता मात्र होइन, भविष्यको दिगो बाटो हो। युवाहरूले वातावरणलाई केन्द्रमा राखेर व्यवसाय सुरु गर्नुपर्छ।”
यस अवसरमा हरित उद्यमि देउडा समुहरु लाई सम्मान गरिएको थियो भने विद्यार्थीहरूका लागि कार्यशाला र प्रोटोटाइपीङ प्रदर्शनीसमेत आयोजना गरिएको थियो। आयोजक संस्थाका अनुसार ग्रीन डे ले समाजमा वातावरणीय चेतना बढाउन र दिगो विकासका लक्ष्य हासिल गर्न टेवा पुर्याउने विश्वास लिइएको छ।

मा.वि.बिद्यालयमा हरित दिवसमा ‘पढ्दै-कमाउँदै’ संस्थाका सल्लाहकार रुप बहादुर मल्ल, बिद्यालय ब्यायवस्थापन समितीका अध्यक्ष पदम बहादुर शाही, वडा सदस्य उधमी अभिभावक जङ्गवीर रावल लगायतले आफ्ना सफलताका अनुभव सुनाएका थिए ।
कर्णाली मा.वि. टोप्ला, महाकाली मा.वि.गमगढी, प्रकाश मा.वि. लुम र हिमोदय मा.वि. बाम विद्यार्थी छनोट भएका युवा समुह तथा सहभागीहरूले खुला छलफलमा भाग लिएका थिए ।
उक्त कार्यक्रममा भाग लगेका सहभागीहरुलाइ स्टेशनरी सामग्री सहितको पुरस्कारको ब्यास्थापन साथै सम्मान गरिएको थियो उक्त कार्यक्रममा बिद्यालय ब्यावस्थापन समितिका पदाधिकारी, शिक्षक प्रधानध्यापक,वडा सदस्य, अभिवाकहरुको उपस्तिथिमा सम्पन्न भयको कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (CDS-PARK) संस्थाका कार्यक्रम संयोजक मोहन शाहीले जानकारी दिए ।












मोहन शाही । २०८२ माघ ९