ब्रम्हाकुमारी विश्वविद्यालयको रक्तदान कार्यक्रम सम्पन्न 

 

ब्रम्हाकुमारी ईश्वरी विश्वविद्यालयले “एक थोपा रगत, अनन्त आशीर्वाद” भन्ने नाराका साथ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

विश्व बन्धुत्व दिवस तथा राज्ययोगिनी दादी प्रकाशमणि ज्युको १८ औं पूण्य तिथिको अवसरमा प्रतिष्ठानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा १४ जनाले रक्तदान गर्ने जनाइएको छ। रक्तदानलाई सेवा र मानवीय कर्तव्यसँग जोड्दै विश्वविद्यालयले नियमित रूपमा यस किसिमका कार्यक्रम गर्दै जाने ब्राम्हाकुमारी मिना रानाले बताइन्।

उनले कार्यक्रमका क्रममा राज्ययोगिनी दादी प्रकाशमणीको योगदानबारे विशेष चर्चा गरिन्। उनले दादी प्रकाशमणीले समाजसेवा, आध्यात्मिकता र मानवताको उत्थानमा पुर्‍याएको योगदान आजका दिनमा मार्गदर्शक बन्ने उल्लेख गरिन्।

आयोजकका अनुसार रक्तदानले जीवन बचाउनुका साथै समाजमा सहयोग र दानको संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको हो।

प्रकाशित मितिः   २०८२ भाद्र ६ at 9:55 am 

  • कमेन्ट (Comment)