
जुम्ला –कालिकोटको तिलागुफा नगरपालिका- गाल्जेमा सडक पन्छ्याउन राखिएको सडक डिभिजन कार्यालय जुम्लाको डोजर तोडफोड गरिएको छ ।
सडकको होल खोप्नका लागि गाल्जेमा आएको आरडी ०४२०६६ नम्बरको ह्याब्बी स्काभेटर डोजर कालिकोट जुपिथाका अपरिचित युवाले तोडफोड गरेका हुन् ।
सडक डिभिजन कार्यालय जुम्लाका सवारी चालक तेजेन्द्र हितानका अनुसार गाल्जेमा अवरुद्ध सडक निर्माणका क्रममा रहेको ह्याब्बी स्काभेटर डोजर माथि जुपिथाका ६/७ जना अपरिचित युवाको समुहले तोडफोड गरेका हुन् । उनले भने,; अवरुद्ध कर्णाली राजमार्गको गाल्जेमा स्काभेटरले २५ वटा होल खोपेको थियो । खोपेका २५ वटा होल मध्ये १० वटा होलमा माटोले पुरीएको थियो । उनले थपे; त्यति मात्र होइन, सव डिभिजन कार्यालय जुम्लाबाट गएको टोली माथी समेत हातपात भएको हो ।
कर्णाली राजमार्ग निर्माणका क्रममा लिईएको स्कोटरलाई तेल उपलव्ध गराउनका लागि गएको बा २ भ १६६८ नम्बरको गाडीको चालकलाई हातपात गर्ने प्रयास हुँदा गाडीको भाइजरसमेत फुटेको छ । कालिकोट जुपिथाका ५/६ जना युवालाई कालिकोटको गाल्जेमा रहेको प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोट मान्मा पुर्याएर थप आवश्यक अनुसन्धान भइरहेको छ ।











कनका खबर । २०८२ असार ३१