
तस्बिर : कनका खबर
नेपाली कांग्रेसका दिवंगत नेता विसेश्वर प्रसाद कोइरालाको ४२ औँ स्मृति दिवसकाे अवसर पारि जुम्लामा वृक्षाराेपण गरिएकाे छ।
नेपाली कांग्रेस पार्टी कार्यालय जुम्लाकाे प्रांगणमा बृक्षाराेपण गरिएकाे नेपाली कांग्रेस जुम्लाका सचिव अर्जुनसिंह कठायतले बताए।
जिल्ला कार्यावाहक सभापति कार्मा बुढाले विपी नेपाली राजनीतिका आदर्श व्यक्तित्व भएकाे बताए। उनले भने, ‘विपी काेइरालाले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गरेका दूरदर्शी नेता हुनुहुन्थ्यो।’
कोइरालाको वि.स. २०३९ साल साउन ६ गते निधन भएको थियो। प्रत्येक वर्षको साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन छ।
वि.सं. २००५ सालमा बनारस, २००९ सालमा जनकपुर र २०१७ सालमा काठमाडौंमा भएका कांग्रेसको महाधिवेशनमा उनले उक्त पार्टीको सभापतिको जिम्मेवारी प्राप्त गरेका थिए।
२०१५ सालमा बहुदलीय व्यवस्थामा आधारित संसदको निर्वाचनमा विराटनगरबाट विजयी बनेका विपी २०१६ साल असार १६ गतेदेखि २०१७ साल पौष १ गतेसम्म नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए।
राजनीतिका साथै साहित्यका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्याएका छन्। विपी कोइरालाको तस्विर अङ्कित पहिलो हुलाक टिकट २०४७ सालमा प्रकाशन भएको थियो ।











कनका खबर । २०८१ साउन ६