जुम्लामा मानवअधिकार उल्लङ्घका घटनाबारे अन्तरक्रिया

जुम्लामा मानवअधिकार वर्ष पुस्तक २०२५ का लागि संकलित घटनाका विषयमा सरोकारवाला निकायबीच अर्धवार्षिक समीक्षा कार्यक्रम भएको छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले गरेको कार्यक्रममा जुम्लामा भएका मानवअधिकार उल्लङ्गनका घटनारुबारे छलफल भएको इन्सेक जुम्ला प्रतिनिधि मानदत्त रावलले बताए।

उनका अनुसार सन् २०२४ को हालसम्म १४ वटा मानव अधिकार उल्लङ्घनका घटना घटेका छन्।

जसमध्ये कर्तव्य ज्यानका दुईवटा, महिलामाथि हुने भेदभाव, दुर्ववहारका तीनवटा, यौन दुर्ववहार, बहुविवाहका ६ वटा, कर्मचारी/शिक्षकमाथि दुर्ववहारका ३ वटा र आगलागी/तोडफोडको १ गरि कुल १४ वटा घटना गटेका छन्।

प्रकाशित मितिः   २०८१ असार १६ at 2:19 pm 

  • कमेन्ट (Comment)