पत्रकार महासंघकाे अक्षय काेष वृद्विका लागि ताताेपानीद्वारा ५ लाख विनियाेजन 

जुम्ला । तातोपानी गाउँपालिका जुम्लाले पत्रकारहरुकाे प्राेत्साहन तथा सुरक्षाका लागि बजेट विनियाेजन गरेकाे छ । मंगलबार सार्वजानिक गरेकाे बजेटमा नेपाल पत्रकार महासंघ जुम्लाकाे पत्रकार प्राेत्साहन अक्षय काेष बृद्विका लागि बजेट विनियाेजन गरेर पत्रकारहरुलाई हाैसला प्रदान गरेकाे हाे ।

आर्थिक वर्ष ०८२/०८३ मा कार्यान्वयन हुने गरि ताताेपानी गाउँपालिका गाउँ सभाको १७ औँ अधिवेशनले प्रस्तुत ताताेपानीकाे बजेट वक्तव्यनुसार पत्रकारहरुकाे अक्षयकाेषका लागि बजेट छुटाईएकाे छ ।

नेपाल पत्रकार महासंघकाे मागलाई मध्यनजर गर्दै जनतासंग अध्यक्ष कार्यक्रम अन्तर्जत पत्रकारकाे प्राेत्साहन र सुरक्षाका लागि पाँच लाख विनियाेजन गरिएकाे छ ।

गाउँ सभाको १७ औँ अधिवेशनबाट पत्रकारलाई प्राेत्साहन गर्न अध्यक्षकाेष बाट ५ लाख विनियाेजन गरिएकाे ताताेपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाँईले बताए । सबै कानुनी पक्रिया पूरा गरेर सहयाेग प्रदान गरिने छ ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाले अक्षय काेष बृद्विका लागि सहयोग गर्न गाउँपालिकासँग अनुरोध गरेको थियो । अनुरोधलाई स्वीकार गरी पाँच लाख रुपियाँ गाउँपालिकाले विनियोजित गरेको छ । तातोपानी गाउँपालिकाले अक्षय काेष बृद्विका लागि बजेट विनियाेजन भएकाे कुरा जुम्लाका पत्रकार हर्षित भएका छन् ।

सिमित स्राेत साधनका बीच जाेखिम माेलेर पत्रकारितामा आफ्नाे उर्वर भुमि खर्चिएका पत्रकाहरुकाे सुरक्षा र प्राेेत्साहनका निम्ति ताताेपानीले नीतिगत र बजेटका दिएकाे प्रथामिकताले हाैसला मिलेकाे नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चाैलागाईले बताए ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाले हिमा गाउँपालिकाको पाँच लाख सहयाेगमा अक्षय कोष स्थापना गरिएकाे थियो । उक्त कोषबाट जुम्लाका ३ जना पत्रकार पुरस्कृत भई सकेका छन् ।

अक्ष्कोषलाई वृद्धिका लागि तातोपानी गाउँपालिकासँग महासंघले प्रस्ताव गरेको थियो । यता नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाँइले तातोपानी सरकारले गरेको निर्णयबाट सिंगो पत्रकार उत्साहित भएको बताए । पत्रकारको पेशागत सुरक्षा र प्रोत्साहनका लागि अक्ष्यकोष वृद्धिमा तातोपानी गाउँपालिकोले सहयोग प्रति आभार व्यक्त गर्दछौँ ।

यस्तै पालिकाका शिक्षा, स्वास्थ्य कृषि तथा उधमशीलता विकासदेखि रोजगारी प्रर्बद्वनमा जोड दिदैँ बजेट ल्याएको छ । पालिका अध्यक्ष नन्दप्रसाद चौलागाँईले गाउँमै उद्यम गर्नेदेखि व्यवसायीक कृषि गर्नेलाई निरब्याजी ऋणदेखि सहुलियत कर्जा उपलब्ध गराईने नीति ल्याएको बताए । नीतिमा विकास, सुशासन, उद्यमशीलता विकास, खानेपानी तथा सरसफाई, रोजगार प्रर्वद्दन लाई प्रथामिकता दिईएको छ ।

तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलले नीति तथा कार्यक्रम कार्यान्वयन हुने गरि कुल ५१ करोड ५९ लाख ८२ हजार ४१२ रुपैया बजेट प्रस्तुत गरेकी हुन् ।

प्रकाशित मितिः   २०८२ असार १० at 10:58 pm 

  • कमेन्ट (Comment)