तिलामा ट्याक्टर दुर्घटना हँदा एकको निधन

जुम्ला । जुम्लाकाे तिला गाउँपालिकाकाे चुलाकाेटमा ट्याक्टर दुर्घटना भएको छ । उक्त दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । तिला गाउँपालकाकाे कुडारी बाट चुलाकाेट तर्फ ढुङ्गा ल्याउन जाने क्रममा क १ त ६४७२ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हाे ।

मृत्यु हुनेमा तिला गाउँपालिका ५ चुलाकाेटका वर्ष २३ का लाेकेश बुढाकाे रहेका छन् । घाईते हुनेमा तिला ५ चुलाकाेटकै वर्ष ३० का कर्ण जैशी (ट्याक्टर चालक) रहेका छन् । चालक गम्भीर घाइते भएका छन् ।

ट्याक्टर सडक बाट करिव ५० मिटर तल खसेकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरिक्षक असिम हमालले जानकारी दिएका छन् । घाइते चालक लाई उपचारका लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान तर्फ ल्याउदै गरिएको छ ।

प्रकाशित मितिः   २०८२ असार ११ at 4:45 pm 

  • कमेन्ट (Comment)