पुर्व प्रधानमन्त्री केपि ओलिको स्थान हद फुकुवा

काठमाडौं । भाद्र २३ र २४ गते घटेका घटनासम्बन्धी छानबिन तथा अनुसन्धानका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका नछाड्न लगाउने निर्णयको औचित्यबारे जाँचबुझ आयोगले स्पष्टिकरण दिएको छ ।
आयोगले आज २०८२ पुस २९ गते सोमबार बसेको बैठक पछि जारी गरेको प्रेस विज्ञप्ति–१० अनुसार उक्त निर्णय २०८२ भाद्र १२ गते बसेको आयोगको बैठकबाट गरिएको थियो । आयोगका अनुसार घटनाको गम्भीरता, छानबिनको संवेदनशीलता तथा अनुसन्धान प्रक्रियामा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यस्तो निर्णय लिइएको हो ।
विज्ञप्तिमा उल्लेख भएअनुसार, ती घटनासँग सम्बन्धित रूपमा प्रधानमन्त्रीको हैसियतमा उनले गरेका काम कारबाहीको अनुसन्धानका क्रममा उनलाई सोधपुछ लगायतका कार्य सम्पन्न नभए सम्म विदेश भ्रमण तथा काठमाडौं उपत्यका बाहिर जान नदिने निर्णय गरिएको थियो ।आयोगले उक्त निर्णयको औचित्यबारे समाजमा विभिन्न जिज्ञासा उठेकाले त्यसलाई स्पष्ट पार्न आवश्यक ठानी प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको जनाएको छ । साथै, सम्बन्धित निकाय तथा सरोकारवालालाई यथार्थ जानकारी लिन आग्रह गरिएको छ ।
जाँचबुझ आयोगका प्रवक्ता एवं सदस्य विज्ञान राज शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा आयोगका प्रेस विज्ञप्ति तथा सूचनाहरू गृह मन्त्रालयको वेब साइटमार्फत समेत हेर्न सकिने उल्लेख गरिएको छ ।

प्रकाशित मितिः   २०८२ पुष २१ at 3:58 pm 

  • कमेन्ट (Comment)