नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन ।
भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई भारतमा रोकिएको हो ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण क्रममा दुई देशबीच क्यूआर भुक्तानी सेवा सुरु गर्ने सम्झौता भएको थियो । १८ जेठ २०८० मा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच दुई कम्पनीको ‘सिस्टम कनेक्ट’ गरी क्रसबोर्डर डिजिटल भुक्तानी सुरु गर्ने सम्झौता भएको थियो ।
आगामी मंसिर दोस्रो साता प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारत भ्रमणमा जाँदै छन् । शाहको भ्रमणमा पनि नेपालीले क्यूआर मार्फत भारतमा भुक्तानी गर्न सक्ने व्यवस्था हुने यकिन छैन ।
प्रधानमन्त्री भारत भ्रमणमा जाने विषयमा नेपाल राष्ट्र बैंक र एनसीएचएललाई अन्तरदेशीय भुक्तानीका सम्बन्धमा सुझाव मागिएको छैन ।











कनका खबर । २०८३ कार्तिक २८