सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले ग्यास छैन भने सरकारले सोही अनुसारको घोषणा गर्न चुनौती दिएकी छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद तामाङले जनताले भोकभोकै बस्ने दिनका लागि रास्वपालाई दुई तिहाई मत नदिएको बताएकी हुन्।
‘साँच्चिकै ग्यास छैन भने आज नै अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनुपर्यो। जनतालाई दाउरा खोजेर भात पकाएर खाऊ भन्न सक्न पर्यो,’ उनले भनिन्।
ग्यासकै कारण मन्त्री परिपवर्तन गरिएको भन्दै मन्त्री तामाङले त्यसमा पनि प्रश्न उठाएकी छन्।
‘महिनै पिच्छे ग्यासको लागि मात्रै मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ,’ उनले भनिन्।










कनका खबर । २०८३ भाद्र २६