हेलिकप्टरबाट उद्धार सहज बनाउन आयल निगमले नुवाकोट पठायो १६ हजार लिटर क्षमताको ‘रिफ्युलर’ गाडी

रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामका लागि खटिएका हेलिकप्टर लक्षित गर्दै नेपाल आयल निगमको सिनामंगलस्थित हवाई इन्धन डिपोले नुवाकोटमा हवाई इन्धन पठाएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि उडेका नेपाली सेना र निजी कम्पनीका हेलिकप्टरलाई इन्धन भर्न सहज होस् र इन्धनकै लागि काठमाडौं फर्किनुपर्ने बाध्यता हटोस् भन्ने उद्देश्यले १६ हजार लिटर क्षमताको इन्धन बोकेको ‘रिफ्युलर’ गाडी नुवाकोटतर्फ पठाइएको हो ।

हवाई इन्धन डिपो सिनामंगलका प्रमुख प्रदीप यादवका अनुसार सामान्यतया विमानस्थलभित्र मात्रै जहाजमा तेल हाल्न प्रयोग गरिने उक्त रिफ्युलर गाडी आपतकालीन अवस्था मध्यनजर गर्दै पहिलो पटक विमानस्थल बाहिर पठाइएको हो ।

नागरिक उड्डयन प्राधिकरण र नेपाली सेनासँग सल्लाह गरेर रिफ्युलर पठाएको उनले जानकारी दिए । उनका अनुसार नुवोकाटस्थित सेनाको ब्यारेकसम्म रिफ्युलर पुग्न नसके धादिङ गजुरी ब्यारेकमा गएर बस्ने छ ।

प्रकाशित मितिः   २०८३ भाद्र १० at 2:47 pm 

  • कमेन्ट (Comment)