१४ दिन लामो प्रथम जुम्ला महोत्सव समापन

‘कृषि संस्कृति र संस्कार हाम्रो पहिचान कृषि पर्यटन र स्थानीय उत्पादनको प्रर्वद्वन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ संचालन भएको प्रथम जुम्ला बृहत् कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव १४ दिनपछि सम्पन्न भएको छ।

महोत्सव ०८१ वैशाख १३ देखि सुरु भई २३ गतेसम्म लाग्ने भनेपछि २७ गतेसम्म संचालन भएको हो।

समापन कार्यक्रममा बोल्दै चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेवी खड्काले आयोजना राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान जुम्ला शाखाले गरे पनि महोत्सव समग्र जुम्लाबासीको भएको बताइन्।

‘महोत्सवले जुम्ली बासीलाई विभिन्न तवरबाट फाइदा पुगेको छ,’ उनले भनिन्, ‘हाम्रो व्यापार भएको छ। मनोरञ्जन लिएका छौँ। बाहिरका कलाकारले जुम्लालाई चिन्ने र चिनाउने काम गरेका छन्।’

चन्दननाथ नगरपालिका -५ का वडाध्यक्ष बिर्ख बहादुर कार्कीले जुम्लामा पहिलो पटक यति लामो समय महोत्सव भएको बताए।

‘महोत्सवमा देशका विभिन्न स्थानबाट आएका लोक प्रिय कलाकारहरुको प्रस्तुति भयो। यसले हामीलाई थप उत्साहित बनाएको छ,’ उनले भने।

महोत्सवको उदेश्य कृषि, व्यापार, पर्यटन प्रर्वद्वन गर्दै कला, संस्कृतिको जगेर्ना गर्नु भएको राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान जुम्लाका अध्यक्ष कर्ण बुढथापाले बताए।

समापन कार्यक्रममा बोल्दै चन्दननाथ सहकारी संस्था लिमिटेड तथा गैरसरकारी संस्थाको तर्फबाट भूमिका खेल्दै ऋषिराम पाण्डेले आर्थिक मन्दिको बेला महोत्सवको आयोजना हुँदा बजार चलायमान भएको बताए।

प्रकाशित मितिः   २०८१ बैशाख २७ at 8:21 pm 

  • कमेन्ट (Comment)