जंङगली जडिबुटी खाएर एक जनाकाे मुत्यु भएकाे छ । साउन ३ गते जुम्ला तातोपानी गा.पा. वडा नं. १ बाईराँका बर्ष ६५ को दलजित सार्कीकाे जङ्गली जडिबुटी खाएर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयले जुम्लाले जानकारी दिएकाे छ ।
प्रहरी कार्यालयका अनुसार बनजंङगलमा पाईने जडिबुटी ( सतुवा) खाई बिरामी परेका सार्कीकाे उपचारको लागी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएकाे थियाे ।
उपचारकै क्रममा सार्कीलाई चिकित्सकले मृत घाेषणा गरेका हुन् । मृतक सार्कीले जडिबुटी खानुको कारण भने नखुलेको प्रहरीकाे भनाइ छ ।











कनका खबर । २०८३ साउन ३