सेतो घर अर्थात कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

सेतो घर अर्थात् कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान। धेरै वर्ष अघि देखि जुम्लामा स्थापित भएर नेपालका दुर्गम भू-भागहरुमा जनताहरुलाई स्वास्थ्य सेवा दिदै आइरहेको छ।

विगतमा नेपालगन्ज लगायत नेपालको केन्द्रीय राजधानी काठमाडौंमा घर जग्गा सर्वस्व बेचेर महङगो हवाई टिकट काटि (मोटर बाटोको व्यवस्था नभएको बेला) लाखौं रुपैयाँ खर्च गरेर सामान्य उपचार कै लागि महङगो शुल्क तिरेर राजधानीका महङगा अस्पताल हरुमा धाउनु पर्थ्यो।

कैयौं सुत्केरीहरुले स्वास्थ्य सस्थामा सुत्केरी सेवा नपाएर अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता थियो। एक जना पनि डाक्टर बस्न नमान्ने ठाउँमा आज आएर सयौंको सङख्यामा डाक्टर हरु दुरदराजका जनताको सेवामा समर्पित छन्।

कर्णाली स्वास्थ्य विज्ञानको स्थापनासँगै दुरदराजका आम जनताले आफ्नै घरआगनमा सर्वसुलभ स्वास्थ्य सेवा पाएर राहतको महशुस गरिरहेका छन्।

कर्णाली स्वास्थ्य विज्ञान देशकै स्वास्थ्य क्षेत्रकै धरोहरको रुपमा स्थापित हुन सफल संस्था हो। कर्णाली स्वास्थ्य विज्ञानले दक्ष जनशक्ति उत्पादन गरिरहेको छ र यहाँ उत्पादित जनशक्तिले लाईसेन्सको परिक्षा होस या अन्य कुनै सतप्रतिशत नतिजा ल्याउन सफल भएका रेकर्ड छन्।

कोरोना महामारीको बेला होस या अन्य कुनै बेला विपदको समयमा आफूसँग भएको जनशक्ति परिचालन गरेर राज्यलाई सहयोग गर्दै आएको छ। कर्णाली स्वास्थ्य विज्ञान स्वास्थ्य क्षेत्रमा प्रचुर सम्भावना बोकेको संस्था हो।

तर खै त राज्यले कुरा बुझेको कर्णाली स्वास्थ्य विज्ञानले स्वास्थ्य क्षेत्रमा कति धेरै टेवा पुर्‍याइरहेको छ भनेर अनि गरिब निमुखा र असहायहरुको दियोको बत्ती हो। कर्णाली स्वास्थ्य विज्ञानले कोरोना महामारीको बेला त आफ्नो दिलो ज्यान लगाएर आफू सङ्ग भएको जनशक्ति परिचालन गरेर जनता प्रति निस्वार्थ भावनामा समर्पित गरेर उत्कृष्ट अस्पतालको रुपमा सम्मानित भएको थियो। दुर्गममा छरिएर रहेका नागरिकहरुको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान सेतो हिरा हो।

राज्यले बजेट लगायत अन्य कुरामा अन्य प्रतिस्ठानको तुलनामा जुन विभेदकारी नीति लिएर सौतेनी व्यवहार गरिरहेको छ यसरी हेर्ने नजरिया बदल्न जरुरी छ। साथै प्रतिस्ठानमा राजनीतिक हस्तक्षेप गर्न बन्द गर्नु पर्छ। यो हाम्रो साझा सम्पती हो ।

यसको जगेर्ना गर्न जरुरी छ। विगतमा यहाँ पीसीएल लेभलका कार्यक्रमहरु लागू थिए। हाल आयर ब्याचलर लेभलका सम्पूर्ण कार्यक्रमहरु जनस्वास्थ्य विषयमा त भर्खरै मात्र मास्टर लेभलमा कार्यक्रम लागू भको छ।

एमडीजीपी लगायत अन्य विषयमा पढाइ हुन्छ। विगतमा प्रतिष्ठान स्थापना गर्दा जति कडा परिश्रम र मेहनत गर्नु परेको थियोे।

त्यतिकै हामीलाई यसको जगेर्ना गर्न गाह्रो भइरहेको छ। त्यसैले हामीले बुझ्नु जरुरी छ कि यसलाई राजनीति गर्ने थलो बनाउन हुँदैन। बरु बजेट लगायत अन्य कुराको समस्या हो भने यसलाई हामीले साझा मुद्दा बनाउनु पर्छ।

राज्य हामीप्रति अनुकुल नभएमा राजनीति दल नागरिक समाज लगायत सबैले राज्यलाई दबाब सिर्जना गर्न आवश्यक छ।

सेतो घर लाई हामीले अनिवार्य आवश्यकताको महसुस गर्न सक्यौं भने र विश्वकै ध्यान यसप्रति खिच्न सक्यौं भने निकट भविष्यमा गएर यसलाई हामीले स्वास्थ्य क्षेत्रकै ठूलो अनुसन्धान केन्द्र बनाउन सक्छौं। अन्तमा, धन्यवाद यसका संस्थापक आदरणीय व्यक्तित्वहरु नरेश भण्डारी र बलबहादुर महत लाई।

प्रकाशित मितिः   २०८१ असार २० at 3:10 pm 

  • कमेन्ट (Comment)