मेरो नाम पशुपती सुनार हो। मेरो घर जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं.५ को उद्योग टोलमा पर्छ म एउटा विवाहित र गृहणी महिला हो। मैले औपचारिक रुपले कक्षा १२ पास र उद्यम विकास सहजकर्ता (EDF) गरेकी छु।
यो भन्दा पहिले मैले कुनै पनि ठाउँमा काम गरेकि छैन र अनुभव पनि थिएन । विवाहित जीवन र गृहस्थीका जिम्मेवारीले सीमित बनेको मेरो जीवन, सन् २०२३ मा एउटा अभूतपूर्व मोड लियो। कक्षा १२ पास गरेकी भएपनि पहिले, मात्र आफ्ना परिवारका लागि गृहिणीको भूमिकामा सीमित थिए।
तर, सन् २०२३ मा नेपाल रेडक्रस सोसाइटीको सुपर परियोजना जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा सञ्चालन भयो, र मेरो जीवनको नयाँ सम्भावनाको ढोका खोलिदियो ।
यसै क्रममा नेपाल रेडक्रस सोसाईटी जुम्ला जिल्लाको सुपर परियोजनाले पारिवारीक सुरक्षा योजना निमार्णका लागि टोल विकास संस्थाहरु वडा कार्यालयको सहकार्यमा पुर्नगठन गरियो र उद्योग टोल बिकास संस्थाको सचिवमा म भए साथै सुपर परियोजनाको पारिवारीक सुरक्षा योजना निमार्णका लागि वडा कार्यालयले उक्त टोल बिकास संस्थाबाट मलाई नै सिफारिस गर्यो र रेडक्रसले मलाई समुदायमा पारिवारिक सुरक्षा योजना सम्बन्धी काम गर्न स्वयंसेवकको रूपमा परिचालन गर्यो ।
यो जिम्मेवारीले मेरा लागि नयाँ चुनौती र अवसर ल्यायो । मैले नियमित रेडक्रसका कर्मचारीहरुको पृष्ठपोषण, समन्वय, र सम्पर्कमा रहि प्रशिक्षण र कार्यशालामा सहभागी भइ कार्यक्रम गर्दै गए ।
मेरो आफ्नो लगनशीलता, मिहिनेत, जागरुकता र इच्छाशक्तिका कारण मैले यो भूमिकामा उत्कृष्टता प्राप्त गरको कुरा रेडक्रसका सर, म्याडमहरुले भन्नुभयो र कार्य सफल भयो । रेडक्रसको कार्यक्रमले मलाई केवल पारिवारिक सुरक्षा योजनाबारे जानकारी दिन मात्र सघाएन, बरु नेतृत्व, संवाद, व्यवस्थित र व्यबसायिक रूपमा काम गर्ने कला सिकायो । मेरो व्यवहारिक अनुभवले समुदायमा मेरो प्रभावकारिता मात्र बढेन, बरु मलाई नयाँ उचाइमा पुऱ्यायो ।
कार्यक्रमका क्रममा मेरो मिहेनत, जागरुकता, क्षमता र कार्यशैलीले नौलो बिहानी कृषि सहकारीका प्रतिनिधिहरूको ध्यान खिच्यो। उनीहरूको मूल्यांकन अनुसार, उनलाई बचत संकलनकर्ताको रूपमा काम गर्न प्रस्ताव गरियो।
यो अवसरले मेरो व्यक्तिगत तथा आर्थिक रूपमा स्वतन्त्र बन्ने चाहनालाई मूर्त रूप दियो । र अहिले म नौलो विहानी कृषि सहकारीको बचत संकलनकर्ताको पदमा कार्यरत छु र मप्रति समुदाय, घरपरिवारले गर्ने व्यबहारमा र हेर्ने दृष्टिकोणमा फरक भिन्नता आएको छ। समुदायमा मलाई सबैले सम्मानपुर्वक म्याडम भनेर बोलाउछन ।
म अहिले नौलो विहानी कृषि सहकारीमा बचत संकलनकर्ताको रूपमा काम गरिरहेकी छु। यो पदले मलाई आफ्नो परिवार र समुदायमा थप सम्मानित बनाएको छ । आर्थिक रूपमा आत्मनिर्भर बन्नुका साथै, मैले आफ्नो समुदायमा उदाहरणीय व्यक्तित्वको रूपमा स्थान बनाएकी छु।
मेरो यो सफलता रेडक्रसको कार्यक्रमले सिर्जना गरेको अवसर हुनुका साथै व्यक्तिले आफ्नो मेहनतबाट अवसरलाई कसरी सदुपयोग गर्न सक्छ भन्ने प्रमाण हो । एउटा साधारण गृहणीबाट समाजको प्रेरणा बन्न पुग्न, मैले गरेको संघर्ष र मिहिनेतलाई सबैले सलामयोग्य बताउछन । रेडक्रसले सिकाएको ज्ञान, सिप, कला र आत्मविश्वासले मलाई आज आर्थिक र सामाजिक रूपमा सशक्त बनाएको छ ।
मैले धेरै कुराहरुको ज्ञान, सिप रेडक्रस अभियानबाट सिकिसकेकि छु साथै सहकारीबाट पनि थप अनुभव र सिकाई हुने कुरा लाग्छ यो पश्चात यो भन्दा राम्रो अवसरको खोजि गर्नेछु ।
जीवनमा अवसर पाइने मात्र होइन, त्यसलाई सदुपयोग गर्ने इच्छाशक्ति चाहिन्छ। रेडक्रसले मलाई नयाँ दृष्टिकोण र सामर्थ्य दियो। अहिले म आफ्नो परिवारलाई सहयोग गर्न मात्र होइन, आफ्नो समुदायको विकासमा पनि योगदान दिन सक्छु, उनी भन्छिन् ।
मेरो यो क्षण सबैका लागि प्रेरणादायक छ, विशेष गरी महिलाहरूका लागि। यसले देखाउँछ कि यदि सही अवसर र दिशानिर्देशन पाइयो भने, कुनै पनि व्यक्तिले आफ्नो जीवनलाई सकारात्मक मोडमा बदल्न सक्छ ।
कनका खबर । २०८१ पुष २७