एक यूवक माथि निर्घात कुटपिट गर्ने प्रहरी निलम्बनमा 

सामाजिक सञ्जालमा एक यूवक माथि प्रहरी द्वारा दुर्ब्यबहार गरेको भिडियो आए पश्चात जिल्ला प्रहरी कार्यालय चितवनको ध्यानाकर्षण भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कुटपिट गर्ने ब्यक्ती प्रहरी असई बुद्धि बहादुर भुजेल हुन्।

असई बुद्धिबहादुर भुजेललाई निलम्बन गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले बताएका छन्। घटना पुस १५ गते राति ११ बजे भरतपुर महानगरपालिका-११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा भएको खुलेको छ।

असई भुजेल अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत थिए।सामाजिक सञ्जालमा भिडिओ भाइरल बनेपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो। डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको छ। उक्त समितिले घटनाबारे छानबिन गरिरहेको छ।

प्रकाशित मितिः   २०८१ माघ ७ at 2:10 pm 

  • कमेन्ट (Comment)