जुम्ला। जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय आज एक कार्यक्रमका बीच स्थापना भएको हो।
जुम्ला जिल्ला अदालतका न्यायाधीश आनन्दराज पन्तले ‘निर्वाचन स्वतन्त्र भयरहित हुनुपर्ने र मतदान गर्न पाउने अधिकारको सुनिश्चितता गर्न हामी प्रतिबद्धत रहेको’ ,उनले भने।
साथै उनले अघिल्ला निर्वाचन भन्दा यो पाली निर्वाचनको आचारसंहिता अलि पृथक खाल रहेको समेत बताए।
आगामी निर्वाचनमा भयरहित वातावरण सहितको निर्वाचन सम्पन्न गर्ने संवैधानिक दायित्व रहेको र जिल्ला अदालतको माननीय न्यायाधीश नै मुख्य निर्वाचनको अधिकृत कार्यालयको प्रमुख रहने व्यवस्था रहेको निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ।











कनका खबर । २०८२ माघ २