गृहमन्त्रालयले गर्यो एकैसाथ २० प्रमुख जिल्ला अधिकारीको सरुवा: जुम्लाका प्रजिअको पनि सरुवा

जुम्ला । गृह मन्त्रालयले २० प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट २० प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो । सरुवा गरिएका प्रमुख जिल्ला अधिकारीमा १५ सहसचिव र ५ उपसचिव छन् ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार गुल्मी, इलाम, बैतडी, डोटी, गोरखा, डडेलधुरा, भोजपुर, रोल्पा, सिन्धुली र जुम्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको छ ।

यस सङ्गै जुम्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीको पनि सरुवा भएको छ । शाहीलाई सप्तरीमा सरूवा गरिएको छ भने शाहीका ठाउँमा गृहमन्त्रालयका सहसचिव केदारनाथ शर्मा जुम्ला आउने भएका छन् । शाही सहायक प्रमुख जिल्ला अधिकारी भएर सप्तरीमा सरूवा भएका छन् ।

प्रकाशित मितिः   २०८२ असार ३ at 5:26 pm 

  • कमेन्ट (Comment)