मनाङको हिम्लुङ हिमालमा आइतबार खसेको हिमपहिरोका परी सम्पर्कविहीन भएकाहरुको सोमबार बिहानैदेखि हलिकप्टरबाट खोजि भइरहेको छ भने उद्धार टोलीले घटनास्थलमा पुगेर खोजी गरिरहेका छन् ।
पहिरोमा परी १० जना सम्पर्कविहीन भनिएको भए पनि यकिन तथ्यांक अझै प्राप्त भइनसकेको प्रशासनको भनाइ छ ।
दुई जनाको शव आइतबार नै चामे ल्याइएको थियो र अहिले ती शव काठमाडौं पठाउने तयारी भइरहेको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।
‘उद्धारका लागि ३ जनाको टोली आइतबार नै घटनास्थलमा छोडेर फर्किएको थियो । २ जनाको शव उनीहरुले नै फेला पारेका हुन् । आज बिहान थप ३ जना उद्धार टोली हेलिकप्टरमा गइसक्यो,’ सहायक सिडिओ पौडेलले भने, ‘आज पनि बिहानैदेखि खोजी थालिइसकिइएको छ ।’
खोजीमा अनुभवी गाइडहरू पठाइएको र मौसम पनि खुलेकाले आज समस्या नपर्न नसक्ने उनले बताए ।










कनका खबर । २०८३ असोज १२