जुम्लाको तातोपानी गाउँपालिका ८ स्थित टोप्ला गाउँकी २७ वर्षिय कल्पना शाहीको चट्याङ लागेर निधन भएको छ। बिहिवार दिउँसो करिव ४ बजे सुब्बा कुना पाटनमा चट्याङ पर्दा शाहीको निधन भएको प्रहरीले जनाएको छ।
उनी उक्त पाटनमा यार्सागुम्बा टिप्न गएकी थिइन। जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्र.ना.नि.कृष्ण राज रोकायाको कमाण्डमा ६ जनाको प्रहरी टोली घटना स्थल तर्फ गएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रविन बाबु रेग्मीले जानकारी दिएका छन्।











कनका खबर । २०८२ जेष्ठ ८