नेपाली कांग्रेसले भोलि १३ साउनका लागि केन्द्रीय समितिको आकस्मिक बैठक आह्वान गरेको छ ।
वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न बैठक आह्वान गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
श्रेष्ठको हेलिस अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।
दुलालका अनुसार आकस्मिक बैठक बुधबार बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भोलि बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिनेछ । सो पश्चात पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने कार्यक्रम रहेको दुलालले बताए ।











कनका खबर । २०८३ साउन १२