गाउँमा सडक आउँदा थलाल्ले बासीको खुसीको सिमा रहेन

देशमा आधुनिक प्रविधिको अभ्यास भईरहेका बेला जुम्लामा यस्ता ठाउँ पनि छन जहाँ दैनिक उपभोग्य वस्तु घरसम्म ल्याउन दिन भरीको पैदल यात्रा गर्न पर्छ। जसमध्येको गाउँ हो “थलाल्ले”। जुम्ला जिल्ला तातोपानी गाउँपालिका वडा नं ८ स्थित थलाल्ले गाउँमा बल्ल तल्ल सडक सञ्जाल जोडिएको छ।

उक्त सडकको माघ २९ (आज) उद्घाटन भएको छ। उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही, प्रहरी नायव उपरिक्षक क्षेदी लाल कामती, तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाई लगायत पालिकाको सम्पूर्ण टोलि उपस्थित थियो।

सडक निर्माण भए पश्चात् पहिलो पटक उद्घाटनका बेला थलाल्ले गाउँमा मोटर गाडी पुग्दा गाउँबासी निकै हर्षित भएका छन्। बल्लतल्ल बिजुली र फोनको टावरको सेवा पाएको थलाल्लेले सडक पाउँदा गाउँमा खुसीको रौनक नै छुट्टै भएको स्थानिय नबराज शाहीले बताए।

गाउँमा सडक पुर्याउन अहोरात्र खटिएका ब्यक्ति हुन स्थानीय नबराज शाही। गाउँमा सडक पुर्याउन स्थानिय तह देखि केन्द्र सम्म हारगुहार गरेको उनले बताए। आफुले गरेको दुखले फल पाएको उनले अनुभुति जाहेर गरे। उनि भन्छन; अब त गाउँलेलाई निकै राहत भएको छ।

समुन्द्री सतहदेखि २ हजार ७८९ मिटर उचाईमा रहेको गाउँ (थलाल्ले) सहजै सडक पुर्याउन सकिने धरैले कल्पना समेत गरेका थिएनन्। तर आज सडक गाउँ सम्म पुग्दा स्थानियले देखेको सपना साकार भएको छ।

सडक नहुँदा दैनिक उपभोग्य वस्तु घरसम्म पुर्याउन परेको अफ्ठ्यारो परिस्थिति विलय हुने स्थानिय धन बहादुर शाही बताउँछन्। उनले भने; गाउँका बिरामीलाई बोकेर स्वास्थ्य संस्था सम्म पुर्याउँदा कसैको त ज्यान पनि गयो, फेरी भने; अब तिँ दिन हराए यसैमा खुसि छौं।

थालाल्ले गाउँमा सडक पुर्याउँदा आँखा बन्द गरेर देखेको सपना पुरा भएझैँ भएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले बताए। तिन प्याकेजमा उक्त सडक निर्माण सम्पन्न भएको कठायतले सुनाए।

चुनावी प्रचार प्रसार गर्न समेत नपुगेका तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाई आफु पहिलोपटक सडक उद्घाटन गर्न पुगेको बताए। भौगोलिक विकटताका कारण स्वयं आफै पुग्न नसकेका उनी गाउँमा सडक नोपुर्याए सम्म थलाल्लेमा नजाने प्रतिबद्धता गरेका थिए।

उनले भने; गाउँमा सडक मात्रै नभई थप अन्य विकासका कार्यहरू थाल्ने छौं। गाउँबासीले सडक सञ्जालको सुविधा पाउनु जलेको घाउमा मलाम पाएझै हो। स्थानियको सक्रियतामा गाउँमा सडक पुग्न सफल भएको चौलागाईले बताएका हुन्।

विकासमा राजनीति घुसाउनु वा फाईदाको पाटोलाई हेर्नु नकारात्मक पक्ष रहेको प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले बताए। यतिका वर्षसम्म सडक नपुगेको गाउँमा पालिकाले सडक निर्माण गरिदिनु उल्लेखनीय कार्य रहेको शाहीको भनाइो छ।

पाथरखोला देखि थलाल्ले गाउँ सम्मको दुरी जम्मा ४.७१ किलोमिटर छ। जसमा चालू आर्थिक वर्षमा १८ सय २५ मिटर सडक निर्माण गरिएकाे तातोपानी गाउँपालिकाका प्राविधिक शाखा प्रमुख डिल्ली बुढाले बताए। उनले भने,’सडक स्टकचरकाे काम धेरै बाँकि छ । पक्की पर्खाल,नाला तथा अन्य फिनिसिङकाे काम गर्न बाकि छ । पूर्वाधार विकास कार्यालयले काम गर्दै छाेड्दै गरेकाे छ ।’

प्रकाशित मितिः   २०८१ माघ २९ at 10:12 pm 

  • कमेन्ट (Comment)