गणतन्त्र !

 

गणतन्त्र दिवस विशेष

देशले एक नयाँ व्यवस्था पायो
जुन व्यवस्था राष्ट्रमा लागु गर्न
हजारौं जनताले बलिदान गर्नु पर्‍यो

हजारौं कोसिस पछि
गणतन्त्र स्थापित गर्न कैयौं योद्धाहरु लडे
जसको परिमाण देश पायो
जनता रोजेको
जनताले खोजेको
गणतन्त्र !

सामन्तवादको थिचोमिचोमा परेर
जनता हम्मे बनेका थिए
पीडा र अ-स्वतन्त्रताको
खाडलमा फसेका थिए

आज देशले लोक र तन्त्र पाएको छ
लोक भनेको जनता
तन्त्र भनेको शासन

गणतान्त्रिक शासन
सामान्य परिश्रमले आएको होइन
गणतन्त्र ल्याउनको निम्ति
एक युग समय अवधि लागेर
आएको विधिको शासन हो
गणतन्त्र !
गणतन्त्र जिन्दावाद !

प्रकाशित मितिः   २०८१ जेष्ठ १५ at 3:24 pm 

  • कमेन्ट (Comment)