कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षा सुरु हुनु अघि नै प्रश्नपत्र बाहिरिएको खुलासा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा परीक्षा सुरु हुनु अघि नै प्रश्नपत्र बाहिरिएको पुष्टि भएको छ। प्रतिष्ठानका एक कर्मचारीका अनुसार बी. फार्मेसी तेस्रो वर्षको अन्तिम परीक्षा अन्तर्गत “फार्मास्युटिकल ज्युरिसप्रुडेन्स” (Pharmaceutical Jurisprudence) विषयको प्रश्नपत्र परीक्षा सञ्चालन हुनुभन्दा अघिनै बाहिरिएको पाइएको हो।

यो परीक्षा जेठ ७ गते सञ्चालन गरिएको थियो। अनुसन्धानका क्रममा उक्त विषय पढाउने एक लेक्चररबाट प्रश्नपत्र बाहिरिएको कुरा पुष्टि भएको छ। प्राप्त जानकारीअनुसार उनले प्रश्नपत्र विद्यार्थीहरूलाई ह्वाट्सएपमार्फत पठाएका थिए। यस घटनाले प्रतिष्ठानमा निष्पक्षता र पारदर्शिता कायम गर्नेतर्फ गम्भीर प्रश्न उठाएको छ।

विद्यार्थीहरूको भविष्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने परीक्षाजस्तो संवेदनशील प्रक्रियामा यस्ता गम्भीर लापरबाही हुनु गम्भीर चिन्ताको विषय बनेको छ। यसले न केवल परीक्षाको विश्वसनीयता खल्बल्याउँछ, तर मेहनती विद्यार्थीहरूको मनोबलमा पनि असर पुर्‍याउँछ।

स्थानीय स्तरमा प्रतिष्ठान प्रति विभिन्न प्रश्न उठेका बेला यस्त बिषयले झन प्रश्न उठ्ने देखिन्छ । विभिन्न पक्षहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका गरे । प्रतिष्ठान प्रशासनले समेत घटनाको पुष्टि गर्दै प्रारम्भिक अनुसन्धान सुरु नै  गरिएको छैन। एक कर्मचारीले जानकारी दिए

शिक्षा क्षेत्रको मर्यादा जोगाउन र यस्ता घटनाको पुनरावृत्ति रोक्न आवश्यक सुधारात्मक कदम चाँडो चाल्नुपर्ने आवश्यकता देखिएको छ। परीक्षा प्रणालीलाई सुरक्षित, पारदर्शी र निष्पक्ष बनाउन उच्चस्तरीय छानबिन र कडाइका साथ कार्यान्वयन अत्यावश्यक छ ।

प्रकाशित मितिः   २०८२ जेष्ठ १२ at 5:29 pm 

  • कमेन्ट (Comment)