जुम्लामा चरेससहित २५ वर्षीय युवक पक्राउ

जुम्लाको तातोपानी गाउँपालिकाबाट प्रहरीले लागुऔषध चरेससहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार तातोपानी गाउँपालिका–५ श्रीनगरका २५ वर्षीय सुवास डाँगीलाई बुधबार बिहान करिब ९ः३० बजे पक्राउ गरिएको हो।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले डाँगीको घरमा खानतलासी गर्दा लागुऔषध चरेसजस्तो देखिने कालो पदार्थ फेला पारेको थियो। बरामद पदार्थलाई मान्यता प्राप्त तराजुमा नापतौल गर्दा ६ ग्राम ४३० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका डाँगीविरुद्ध जिल्ला अदालत जुम्लाबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रकाशित मितिः   २०८३ भाद्र ३१ at 7:53 pm 

  • कमेन्ट (Comment)