जुम्लाका १६ जना सञ्चारकर्मीहरुलाई मर्यादित महिनावारी सम्बन्धि २ दिने तालिम दिईँदै छ। उक्त तालिमको पहिलो दिनको तालिम आज सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ जुम्लाकाे आयाेजना तथा पेश नेपाल,राधा फाउण्डेशन र एम्पीफाई चेन्जकाे सहयाेगमा दुई दिने तालिम संचालन गरिएकाे हाे।
नेपालका ग्रामीण क्षेत्रमा महिनावारीलाई अत्याधिक प्रथामिकता दिईने हुँदा ग्रामीण क्षेत्र केन्द्रित सचेतनामुलक कार्यक्रम गर्न आवस्यक देखिन्छ।
पत्रकार समाज रुपान्तरणको एक महत्त्वपूर्ण माध्यम भएकाले पत्रकारलाई यस विषयमा थप जानकार गराउन आवश्यक रहेको पेश नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले बताए।
सञ्चार माध्यमले नागरिक सचेत रहने उनको बुझाई छ। यस तालिम बाट पत्रकार थप मर्यादित महिनावारी सम्बन्धि जानकार रहने न्यौपानेले विश्वास व्यक्त गरेका छन्।
मर्यादित महिनावारी सम्बन्धि जुम्लालाई थप अवगत र सचेत गराउन पत्रकारलाई यो तालिम दिईएको मर्यादित महिनावारी अभियान्ता डा. राधा पौड्यालले बताईन्। जुम्ला यस विषयमा निकै पछाडी रहेको उनको भनाई छ। नागरिकलाई सचेत गराउन पत्रकारलाई उक्त विषयमा शसक्त बनाउनु पर्नेमा पौड्यालले सहमति जनाएकी छन्।
महासंघको प्रस्ताव स्विकार गरि जुम्लाका क्रियाशील पत्रकारहरुलाई तालिम दिईएकोमा सहयोगी संस्थाहरुलाई नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पुर्ण प्रसाद चौंलागाईंले धन्यवाद ब्यक्त गरेका छन् । तालिम सिक्ने मात्र नभई व्यवहारमा समेत उतार्न सहभागी पत्रकारहरुलाई चौंलागाईले सुझाव दिएका छन्।
तालिममा महिनावारी प्रक्रिया सम्बन्धी अवगत गराईएको छ। महिनावारी विभेद नेपालमा मात्र नभई अन्य थुप्रै देशहरुमा पनि गर्ने गरिएको कुरा तालिममा सिकाईएको हो। सहभागीहरुको सक्रियतामा पहिलो दिनको तालिम सम्पन्न भएको छ भने दोस्रो दिनको तालिम माघ २५ गते सम्पन्न हुने छ।
विश्व प्रकाश । २०८१ माघ २४