हरेक बिहानीपख सुनौलो घामका किरणसँगै खुसीहरू छाउछन् र,
तर त्यो बिहान त आदिहुरी आयो बा,
रातभरिको वर्खे झरीमा तिम्रा शरिर छट्पट्टीए,
बिहानै तिम्रो अचल शरिर पिढीको डिलमा पछारियो,
लगियो अस्पताल उपचार गर्न स्टाचारमा हालेर,
बालखा दाजुहरू उपचारका लागि ऋण जुटाउन लागिपरे,
सोझी आमा घरमा गाईवस्तुमै भुलिन, महिनौंपछि एकदिन यस्तो खवर आयो,
अब तेरा बा छैनन् ,
तर मलाई त्यसको अर्थ नै थाहा थिएन,
सेता कपडाभित्रका दुई दाजु र आमा,
म मात्रै अलग थिए,
भन्थे सबैले दाइ र आमालाई तेर दिनसम्म छुन हुँदैन ,
आमाको काखमा न्यानोसग खेल्ने म,
त्यही बेलै थियो बा माटाढुङ्गासग मित्रता गाँसेको,
यति मात्रै थाहा पाए मेरा बा अब कहिल्यै फर्केर आउँदैनन्,
कोही भन्थे, लडेर भेैंसीको गोठबाट उठाएर लगेको,
कसैले भन्थे, रक्सीले लाग्यो,
कसैलौ भन्थे, यसले कुट्यो, उसले कुट्यो,
कोही भन्थे, यसले मार्यो, उसले मार्यो,
आमा आँखाभरी आँसु लिएर भन्ने गर्थिन शत्रु लाग्यो,
थाहा छ बा सबैले बाबा भन्दा मलाई कहिल्यै रहर लागेन,
कहिल्यै याद आएन तिम्रो ,
जब यसको अनुहार त बाउको जस्तै छ भन्थे सबैले,
जब कसैले घरमा कोको छन भनेर सोध्ने बेला,
मैले तिम्रो नाम नलिदा,
बाबा चाही? भनेर गरिने प्रश्नहरुले ,
दु:खी हुँदा केही अभाव पर्दा सोच्थे,
मैले मेरा दु:ख आमालाई सुनाउथेँ,
त्यही दु:ख आमाले बालाई साभार गरेसी,
तिमी हुन्थ्यौ त तथास्तु गरिदिन्थ्यौ,
धेरै देख्थे आमाको द:ख र आँसु,
त्यति बेला तिमी आउँथ्यौ,
तिमीसँगका केही सम्झना हरू छैनन्,
मात्रै यही ‘बा’ शब्दलाई सम्झने गर्छु,
अचेल सपनामा आउँछौ,
पीडा बनेर आउँछौ,
मनभरिएर आँखाबाट आँसु बनेर आउँछौ,
जीवनमा आउन नसक्ने तिमी,
किन आयौ सम्झनामा ?
ए बा तिमी किन आयौ?
ललिता गजमेर । २०८१ भाद्र १७