पहिरोका कारण अवरुद्ध नाग्म- खलंगा सडक खण्ड पुनः सुचारु

 

जुम्ला ।अवरुद्ध रहेको कर्णाली राजमार्ग अन्तर्गत नाग्मा–जुम्ला खण्डको राँका नजिकको सडक पुनः सञ्चालनमा ल्याइएको छ। आवश्यक जनशक्ति र मेसिनको प्रयोग गरी पहिरो हटाई सडक पुनः सुचारु गरिएको सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले बताए।

करिव ३ घण्टा सम्मको सडक जाम पश्चात पहिरो सफा गरी सडक यातायातका लागि खुला गरिएको सडक डिभिजन जुम्लाका कर्मचारी लोकेन्द्र शाहीले जानकारी दिए।

वर्षायामका कारण सडकको अवस्था जटिल हुन सक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न सडक डिभिजनले सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रकाशित मितिः   २०८२ जेष्ठ ३० at 6:45 pm 

  • कमेन्ट (Comment)