कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान, एकजनाले २३ मतपत्रमा मतदान गर्नुपर्ने

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । विहीबार गर्ने भनिएको मतदान तयारी नपुगेको भन्दै आजका लागि सारिएको हो ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले केन्द्रीय कार्यसमिति चयनका लागि आज शुक्रबार बिहान ७ बजेबाट मतदान सुरू हुने जानकारी दिएका छन् ।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आवश्यक तयारी सबै सकिए पनि साँझमा मतदान सुरू गर्दा रातभर मतदातालाई अप्ठ्यारो पर्ने भएकाले शुक्रबार बिहानदेखि थाल्ने निर्णय भएको बताए ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले पनि ‘मिडिया ब्रिफिङ’मा खराब मौसम र प्राविधिक कारणसँगै ढिला मतदान सुरू गर्दा रातिको समयमा मतदातालाई कठिन हुने भएकाले शुक्रबार बिहान ७ बजेदेखि मात्रै मतदान थाल्ने निर्णयमा पुगेको जानकारी दिए ।

प्रकाशित मितिः   २०८३ असोज २३ at 6:56 am 

  • कमेन्ट (Comment)