जिल्ला भलिबल संघ, जुम्लाको साधारण सभाबाट धीरेन्द्र बहादुर रोकायाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
२०८३ असोज १ गते सम्पन्न साधारण सभाले जिल्ला भलिबल संघको नयाँ कार्यसमिति चयन गरेको हो। साधारण सभाबाट अध्यक्षमा धीरेन्द्र बहादुर रोकाया, उपाध्यक्षमा नारायण दत्त हमाल र हरिलाल महत, सचिवमा उपेन्द्र प्रसाद न्यौपाने तथा कोषाध्यक्षमा दान बहादुर बुढा चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा लक्ष्मीबहादुर रावल, बबी लामा केसी, सन्देश शाही, दत्तराज रावत, श्रीकृष्ण भण्डारी, टेकबहादुर भण्डारी, शक्ति बुढा र नरेन्द्र शाही चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिले जुम्लामा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा जिल्लास्तरीय खेलकुद गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने जनाएको छ ।











कनका खबर । २०८३ असोज १