एमालेमा गत वर्षको जेनजी आन्दोलपछि तीब्र सुरू भएको केपी ओलीको नेतृत्व बदल्ने बहस अब तत्कालका लागि मत्थर भएको छ । पार्टी रुपान्तरणको मुद्दा उठाइरहेकी पूर्वराष्ट्रपति समेत रहेकी एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी समेत अब पार्टीभित्रै प्रवेश गरेकी छन् ।
अब एमालेमा ओली बदल्नु पर्छ भन्नेहरूले वैधानिक रुपमै पार्टी कमिटी भित्रै विद्या भण्डारीको अभिभावकत्व पनि पाएका छन् । ओलीलाई नियन्त्रण र सन्तुलनमा राख्न भण्डारीको प्रवेशले सहज हुने उनीहरूको ठम्याइ छ । जेनजी आन्दोलन लगत्तै ओलीको नेतृत्व असफल भएको भन्दै एमालेमा चर्को आवाज उठेको थियो ।
त्यही आवाजलाई सम्बोधन गर्न गत वर्ष मंसिरमा एमालेले निर्धारित समय भन्दा दुई वर्ष अगावै पार्टीको महाधिवेशन गरेको थियो । उक्त महाधिवेशनमा ओलीलाई हटाउने प्रयास भएपनि ओली झन् ठूलो शक्ति आर्जन गर्दै अध्यक्षमा दोहोरिए । विद्यादेवि भण्डारी समेतको समर्थनमा बनेको ईश्वर पोखरेलको प्यानलबाट जम्मा दुई जना मात्र पदाधिकारीले जिते। ओली पक्षकै नेताहरूको महाधिवेशनमा एक छत्र भएको थियो ।











कनका खबर । २०८३ असोज ८