प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य परीक्षण रिर्पोटसहितको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ ।
प्रधानमन्त्री बालेनले कालो चस्मा लगाउनुपर्ने परीक्षण रिर्पोटसहितको पत्र संसद् सचिवालय पुगेको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पुष्टि गरे ।
यसअघि सभामुख डोलप्रसाद अर्याल (डीपी) ले कालो चस्मा नलगाउन राजनीतिका प्रमुख सचेतक र सचेतकमार्फत सांसदहरूलाई भनेका थिए ।
यदि कालो चस्मा लगाउनुपर्ने हो भने स्वास्थ्य परीक्षण रिर्पाेट चाहिने बताएका थिए ।
यसअनुसार प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुपर्ने भनेर स्वास्थ्य परीक्षण रिर्पोटसहितको पत्र पुगेको हो ।
प्रधानमन्त्री शाहले २२ साउनमा छाउनी अस्पतालमा आँखा परीक्षण गराएका थिए । परीक्षणको क्रममा खाली आँखाले उज्यालो प्रकाशमा हेर्दा समस्या हुने देखिएकोले कालो चस्मा लागउनुपर्ने अस्पतालको रिपोर्ट २६ साउनमा संसद् सचिवालय पठाएको पाइएको छ ।











कनका खबर । २०८३ भाद्र ९