
नेपाल लोकतान्त्रिक खेलकुद संघ कर्णाली प्रदेश समिति विस्तार भएको छ। विस्तारित प्रदेश समितिका जुम्लाबाट दुई जना मनोनीत भएका छन्।
मनोनीत हुनेमा एथलेटिक्सका भरत बहादुर बुढथापा र फुटबलकी वर्षा हमाल रहेको नेपाल लोकतान्त्रिक खेलकुद संघ कर्णाली प्रदेश संयोजक हरि विष्टले बताए।
उनका अनुसार नेपाल लेकतान्त्रिक खेलकुद संघको कर्णाली प्रदेश कार्यसमिति शुक्रबार विस्तार गरिएको हो।
कर्णाली प्रदेश भरीबाट कुल १२ विधाका २७ सदस्य थपेर कार्यसमिति विस्तार गरिएको संयोजक विष्टको भनाई छ।











प्रकाश उपाध्याय । २०८१ जेष्ठ २६