जुम्ला बहुमुखी क्याम्पसमा स्ववियुको नया वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान 

 

जुम्ला बहुमुखी क्याम्पस जुम्लामा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा नव वर्ष २०८२ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरि सम्पन्न गरिएको छ।

नव वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा जुम्ला बहुमुखी क्याम्पसका शिक्षकहरू, स्ववियुका सदस्यहरू लगायत विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्नियक्रममा सम्बोधन गर्दै नवनिर्वाचित स्ववियु कार्य समितिले असल कार्य गर्ने अपेक्षा रहेको जुम्ला बहुमुखी क्याम्पसका प्रमुख प्रकाश चन्द्र खत्रीले बताए। साथै नया वर्षले थप जोश र जाँगर उत्पन्न होस् भन्दै खत्रीले शुभकामना दिएका छन्।

अघिल्लो वर्षका तितामिठा क्षणहरुलाई बिर्सदै नया उत्साहका साथ कार्य थालनी गर्न क्याम्पस सहायक प्रमुख पदम बहादुर शाहीले कार्यक्रममा उपस्थीत सम्पुर्णमा शुभकामना ब्यक्त गरेका छन्।

आफुहरु निर्वाचित भए पश्चात् यो कार्यक्रम पहिलो रहेको नवनिर्वाचित क्याम्पसका स्ववियु अध्यक्ष लोकेन्द्र बुढाले बताए। क्याम्पसको हकहितमा स्ववियु परिवार सदाभर तत्पर रहने उनले बाचा गरेका छन्। नयाँ सालले सम्पुर्णको जीवनमा हर्षोल्लास र उमंग छाओस भन्दै उनले शुभकामना दिएका छन्।

प्रकाशित मितिः   २०८१ चैत्र ३० at 9:39 pm 

  • कमेन्ट (Comment)