जुम्लामा ११औं एएफसी ग्रासरुट फुटबल डे मनाइयो (तस्बिरहरू)

जुम्लामा ११औं ए. एफ. सि ग्रासरुट फुटबल डे मनाइएको छ। उक्त कार्यक्रम अखिल नेपाल फुटबल संघको आयोजना र जुम्ला जिल्ला फुटबल संघको सहआयोजनामा सम्पन्न गरिएको हो।

जुम्लाका दश विद्यालयबाट करिब एक सय भन्दा बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित सम्पूर्ण विद्यालयहरुलाई एक एक फुटबल र विद्यार्थीहरुलाई खेल पोषाक हस्तान्तरण गरिएको जुम्ला जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र विक्रम हमालले बताए।

अहिलेका वद्यार्थीहरुले विभिन्न किसिमका सेवा सुविधा पाएको हुँदा यसको उपयोग गर्नु पर्ने सांसद विनिता कठायतले बताइन्।

‘म व्यक्तिगत र सरकारको तर्फबाट आवश्यक हरेक किसिमका सहयोग समर्थन गर्न पछि हट्ने छैन,’ उनले भनिन्।

उनका अनुसार जुम्ला जिल्ला फुटबल संघले जुम्लाको फुटबल क्षेत्रमा थुप्रै टेवा पुग्ने काम गरेको छ।

विद्यालयहरुले विद्यार्थीलाई खेल जगतमा टेवा पुग्ने खालका गतिविधि गराउन प्रदेश सभा सांसद देवेन्द्र बहादुर शाहीले बताए।

उनले भने, ‘अन्य जिल्लाहरु मध्य जुम्लाले फुटबलमा थुप्रै लगानी गरेको छ। साथै आगामी दिनहरुमा फुटबल जगतमा थप प्रगति हुने खालका का‌म गर्न एक जुट हुनु पर्नेछ।’

फुटबल क्षेत्रमा कर्णाली प्रदेश अरु भन्दा प्रथम स्थानमा पर्नु जिल्लाले गरेको प्रयास र प्रयत्न रहेको जुम्ला जिल्ला फुटबल संघका अध्यक्ष तथा अखिल नेपाल फुटवल संघका केन्द्रीय सदस्य भरत बुढथापाले बताए।

उनले भने, ‘विगतका दिनहरुमा जिल्लाको खेल क्षेत्रको लागि केहि योगदान गरेको र थप आगामी दिनहरुमा पनि गर्ने उनले प्रतिवद्धता गरेका छन्।’

प्रकाशित मितिः   २०८१ जेष्ठ ५ at 4:16 pm 

  • कमेन्ट (Comment)