कर्णाली प्रदेशको उत्कृष्ट विद्यालयको सूचीमा जुम्ला सदरमुकाम खलंगामा रहेको चन्दननाथ नमूना माध्यमिक विद्यालय परेको छ। नेपाल प्रधानाध्यापक संघ राष्ट्रिय सम्मेलनको उत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएको हो।
उत्कृष्ट विद्यालयको अवार्ड चन्दननाथ नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक महतले ग्रहण गरेका छन्। अवार्ड ग्रहण पछि उनले निरन्तरताको प्रतिफल मिलेको प्रतिक्रिया दिए।
काठमाडौंको राजकुमारी होटेलमा नेपाल प्रधानाध्यापक संघ राष्ट्रिय सम्मेलन २०८१ सम्पन्न भएको थियो। सम्मेलनमा देशभरका विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो।
देशका विभिन्न प्रदेशका केही विद्यालयहरु, पालिकालाई र विद्यालयका प्रधानाध्यापकलाई उक्त सम्मेलनबाट सम्मान गरिएको हो। जसमा ७ वटै प्रदेशका एक उत्कृष्ट पालिका, एक उत्कृष्ट विद्यालय र एक उत्कृष्ट प्रधानाध्यापकलाई सम्मेलनबाट सम्मानित गरेको हो।
कर्णाली प्रदेशमा सम्मानित हुने उत्कृष्ट पालिका चौरजहारी नगरपालिका रुकुम पश्चिम भएको छ भने उत्कृष्ट प्रधानाध्यापक जन नमूना माध्यमिक विद्यालय बिरेन्द्रनगर ०६ सुर्खेतका याम बहादुर श्रेष्ठ, सम्मानित भएका हुन्।
विक्रम तिरुवा 'सलिन' । २०८१ जेष्ठ २८