सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन प्रयोग गरेको भन्दै जुम्ला प्रहरीले एक मोटरसाइकल नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार २०८३ भदौ २७ गते सार्वजनिक बिदाको दिन ट्राफिक चेकजाँच तथा सवारीसाधन अनुगमनका क्रममा सरकारी नम्बर प्लेट (सेतो प्लेट) भएको मोटरसाइकल प्रयोग भइरहेको भेटिएको हो।
चेकजाँचका क्रममा सरकारी सवारीसाधन प्रयोगसम्बन्धी आवश्यक कागजात तथा अनुमति/प्रयोजनबारे सोधपुछ गर्दा तत्काल स्पष्ट विवरण खुल्न नसकेपछि प्रहरीले मोटरसाइकललाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले उक्त मोटरसाइकलमाथि आवश्यक छानबिन तथा कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ। सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधनको अनधिकृत प्रयोग रोक्न प्रहरीले चेकजाँच तथा अनुगमनलाई निरन्तरता दिने जनाएको छ।
सार्वजनिक बिदामा सरकारी नम्बर प्लेटको मोटरसाइकल नियन्त्रणमा










कनका खबर । २०८३ भाद्र २७